जनकपुर, माघ १३

जनमत पार्टीबाट नेता अब्दुल खानलाई संघीय सरकारमा केहि साताका लागि उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयको जिम्मेवारी दिएको थियो ।

तर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केही दिन नवित्दै मन्त्रीहरुको जिम्मेवारी हेरफेर गर्दै खानेपानी मन्त्रालयमा अप्रत्यासित रुपमा खानलाई जिम्मेवारी दिएको थियो । त्यति बेला जनमत पार्टी आक्रोशित हुदैँ खानेपानीको मन्त्रालमा पदभार ग्रहण गर्न नै गएनन् ।No description available.

सो घटना नसेलाउँदै मधेश प्रदेशमा पनि प्रधानमन्त्री प्रचण्ड जस्तै मुख्यमन्त्री सराजकुमार यादवले जनमत पार्टीसँग गरिएको भद्र सहमति विपरितको मन्त्रालय जिम्मेवारी दिएको छ ।

मुख्यमन्त्री यादवले सुरुमा सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइने भन्ने सहमती सत्तारुढ गठबन्धनको बैठकमा भएको थियो । तर सो मन्त्रालयलाई लिएर सत्तारुढ गठबन्धनमा मन्त्रालयको भागवण्डाको विषयलाई लिएर विवाद रह्यो । जसले गर्दा सुरुमा मुख्यमन्त्री यादवले सपथ लिने क्रममा तीन जनालाई विनाविभागीय मन्त्रीको जिम्मेवारीसहित सपथ ग्रहण गरेका थिए ।

जनमत पार्टी पनि सामाजिक विकास मन्त्रालय पाउनेमा ढुक्क थिए । तर अप्रत्यासितरुपमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाएपछि अहिले उनी मुख्यमन्त्री यादव प्रति शंसकित छन् ।

मधेस प्रदेशका नवनियुक्त भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बसन्त कुशवाहाले मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासघात गरेको प्रतिक्रिया दिएका छन् ।

आफुहरुसँग मन्त्रालय भागवण्डामा भएको सहमती विपरित मुख्यमन्त्री यादवले नदिएर विश्वासघात गरेको आरोप लगाएका छन् ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा पदभार ग्रहण गर्दै नवनियूक्त मन्त्री कुशवाहाले मुख्यमन्त्री यादवले दलहरुको संयुक्त छलफलबाट भएको सहमती अनुसार सुरुमा विनाविभागीय मन्त्रीको जिम्मेवारी दिएको थियो । दोश्रो चरणको दलहरुको संयूक्त बैठकमा मन्त्रालयको भागवण्डा मिलेपनि पछि औपचारिकरुपमा प्राप्त पत्र अनुसार अलग मन्त्रालयको जिम्मेवारी पाउनु दुर्भाग्यपूर्ण रहेको उनको भनाई छ ।

उनले भूमि व्यवास्था, कृषि तथा सहकारी मन्त्रालय पनि जनमत पार्टीलाई आवश्यकता रहेको नै दावी गरेपनि उनले भने शंसय व्यक्त गर्दै विश्वासघात गरेको आरोप लगाउन भने छाडेनन् ।

मुख्यमन्त्री यादवसँगै पुस २९ गते तीन जना विनाविभागीय मन्त्रीको रुपमा शपथ लिएका थिए ।