जनकपुर, माघ १८

मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बसन्त कुशवाहाले मन्त्रालय मातहतमा खाली रहेको दरबन्दी कर्मचारी भर्नादेखि किसान कार्डसम्मका लागि पहल थालेका छन् ।

मन्त्री कुशवाहाले मन्त्रालय मातहतमा १ सय २२ वटा दरबन्दीमा कर्मचारी भर्नाका लागि लोकसेवा आयोगलाई लेखेर पठाएको जनाएका छन् । त्यस्तै मधेस प्रदेशमा मल खाधको आवश्यकताबारे अध्ययन र मौजुदा रहेको मल खाधबारे जानकारी पनि लिएका अघि बढाएको बताएका छन् ।

त्यस्तै मन्त्री कुशवाहाले किसानहरूको सुविधाका लागि किसान कार्ड वितरणका लागि समेत पहलकदमी लिएक छन् । प्रत्येक पालिका स्तरमा स्वयंसेवक परिचालन गर्ने र किसानको तथ्यांक संकलन गरिने उनले बताए ।

किसान कार्ड वितरण भएमा किसानलाई विभिन्न सहुलियतका कामहरू गर्न सहज हुने उनको भनाई छ ।