अयोध्या, माघ १९

नेपालको कालीगण्डकी नदीबाट उत्खनन गरिएको देवशिला भारतको उत्तर प्रदेशस्थित अयोध्यामा पुगेको छ ।

अयोध्यामा निर्माणाधीन राम मन्दिरमा राखिने भगवान् रामको प्रतिमा बनाउनका लागि देवशिला ल्याइएको हो ।

यही माघ १२ गते म्याग्दीको बेनी नगरपालिका–६ ठूलोपहिरोस्थित कालीगण्डकी नदी किनारबाट निकालिएको देवशिलासहितको टोली माघ १६ गते जनकपुरधामबाट अयोध्याका लागि प्रस्थान गरेको थियो । अयोध्या पुग्न जनकपुरधामबाट दुई दिन लागेको छ ।

अयोध्यामा श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका महासचिव चंपत रायले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै देवशिला ल्याएर अयोध्या आईपुगेको जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णव, पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधिसहितको टोलीलाई भव्य स्वागत गरेको थियो ।May be an image of 4 people and outdoors

ठूलो संख्यामा उपस्थित स्थानीयले श्रद्धापूर्वक देवशिलालाई भित्र्याएका थिए । देवशिलालाई बुधबार नै राम सेवकपुरममा राखिएको छ भने आज बिहान विशेष समारोहबीच श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टलाई हस्तान्तरण गरिने कार्यक्रम रहेको जानकी मन्दिरका महन्त दासले बताए ।

ट्रस्टका महासचिव चंपत रायले विशेष अनुष्ठान पूजापछि आज देवशिला ग्रहण गर्ने बताएका छन् । आयोध्यास्थित राम सेवकपुरममा नेपाल र भारतको द्विपक्षीय सम्मिलित अनुष्ठान पूजापछि ट्रस्टले औपचारिकरुपमा देवशिला ग्रहण गरिने कार्यक्रम रहेको छ ।

May be an image of 1 person, standing and outdoors

यसअघि बुधबार बिहान गोरखपुरस्थित गोरखनाथ मन्दिर परिसरमा विशेष हवन पूजापछि देवशिला अयोध्या ल्याइएको हो ।