एजेन्सी, माघ २०
अभिनेत्री ज्योतिका सरवनन् बलिउडमा कमब्याक गर्दै छन् । फिल्म ‘श्री’ मार्फत उनी फेरि बलिउडमा देखिने छिन् ।
फिल्मको सुटिङ ज्योतिकाले सकाएकी छन् । उनको अपोजिटमा राजकुमार राव फिल्ममा रहेका छन् ।
फिल्मको निर्देशक तुषार र निर्माता निधि परमार हिरानन्दनी रहेका छन् ।
उनले इन्स्टाग्राममा एक पोष्ट गर्दै फिल्मको छायांकन सकिएको जनाएकी छिन् ।
अभिनेतृ ज्योतिकाले भनेकी छन्, ‘श्री’को लागि आफ्नो पार्ट सुट गरेकी छु । यो मैले अहिलेसम्म काम गरेको उत्कृष्ट टिम मध्यको एक हो । मलाई यो अर्थपूर्ण फिल्मको हिस्सा बनाएकोमा तुषार र निधिलाई धन्यवाद ।’
अभिनेतृ ज्योतिकाले अभिनेता राजकुमार बलिउडका उत्कृष्ट कलाकारहरूमध्ये एक भएको चर्चा गर्दै उनीसँग स्क्रिन सेयर गर्न पाउनु सम्मानको कुरा भएको उल्लेख गरिन् ।
फिल्म ‘श्री’ नेत्रहीन उद्योगपति श्रीकान्त बोल्लाको बायोपिक हो । फिल्ममा अलाया एफ र शरद केलकर पनि मुख्य भूमिकामा रहेका छन् ।
साउथ फिल्मकी लोकप्रिय अभिनेतृ ज्योतिकाले साउथको अलवा कन्नड, मलयालम, तेलूगु र बलिउड फिल्म अभिनय गरेकी छन् । ‘डोली सजा के रखना’ फिल्ममा अभिनय गरेकी छन् ।