जनकपुर, माघ २२

धनुषाको बटेश्वर गाउँपालिका स्थित लक्ष्मी माध्यमिक विद्यालयमा विषयगत शिक्षक नहुदाँ लामो समयदेखि अध्ययनअध्यापन नै नहुदाँ आक्रोशित विद्यार्थीहरु आन्दोलनमा उत्रेका छन् ।

६ महिनादेखि विषयगत शिक्षकको अभावमा तीनवटा विषयको पढाइ नहुदाँ विद्यार्थीहरु आन्दोलनमा उत्रिएका हुन् ।No description available.

आईतबार विद्यार्थीहरुले बटेश्वर गाउँपालिकामा प्रदर्शन गर्दै वडा नम्बर–१ को कार्यालय घेराउ गर्नुका साथै कार्यालयमा तोडफोड समेत गरेका छन् ।

वडा कार्यालय घेराउ गर्दै विद्यार्थीहरूले वडाअध्यक्ष अशोककुमार महतोलगायत जनप्रतिनिधि नभेटिदाँ वडा कार्यालयमा तोडफोड गरेका छन् ।No description available.

विद्यालयमा ६ महिना भन्दा लामो समयदेखि तीन वटा विषयको अध्ययन अध्यापन ठप्प छ, गुनासो गर्दापनि बेवास्ता गरेकाले बाध्य भएर आन्दोलनमा उत्रेको विद्यार्थी बसन्त कुमार सिंहले बताए । उनले केही महिनापछि एसईईको परीक्षा हुने भएपनि विद्यालयमा पठनपाठन नै नहुदाँ परीक्षामा के लेख्ने भन्ने कुराले पिरोलेको गुनासो पोखे ।

वडाअध्यक्ष र प्रधानाध्यापकसँग अंग्रेजी, सामाजिक र विज्ञान विषयको शिक्षक माग गर्दा समेत बेवास्ता गर्दा आन्दोलनमा उत्रेको विद्यार्थीहरुको भनाई छ ।No description available.