जनकपुर, माघ २४

मधेस प्रदेश सरकारले आज पूर्णता पाएको छ ।

मन्त्री तथा राज्यमन्त्रीमा नियुक्त भएका माओवादी केन्द्रका दुई सांसदले पद तथा गोपनीयताको शपथ लिएपछि पूर्ण पाएको हो ।

मधेस प्रदेशको उद्योग, पर्यटन तथा वन मन्त्रालयमा नियुक्त भएकी सुनिता यादव प्रदेश प्रमुख हरिशंकर मिश्रबाट र राज्यमन्त्रीमा नियुक्त भएका रहबर अन्सारी प्रदेश प्रमुखको उपस्थितिमा मुख्यमन्त्री सरोजकुमार यादवबाट पद तथा गोपनीयताको सपथ लिएका छन् भने पदभार समेत ग्रहण गरेका छन् ।

मधेस सरकार गठन भएयता मुख्यमन्त्रीले तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेसँगै मन्त्रीमण्डलले पूर्णता पाएको हो ।

पुस २७ गते ६३ प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका सरोजकुमार यादवले पहिलो पटक तीनजना मन्त्री, दोस्रो पटक ६ मन्त्री र ३ राज्यमन्त्री तथा तेस्रो पटक १ मन्त्री र १ राज्यमन्त्री नियुक्त गरेका छन् ।No description available.

मुख्यमन्त्री यादवले भौतिक पूर्वाधार विकासमन्त्रीमा नेकपा एमालेको संसदीय दलका नेता सरोजकुमार यादव, अर्थमन्त्रीमा जनता समाजवादी पार्टी नेपालका संजयकुमार यादव, भूमि व्यवस्था तथा कृषि सहकारीमन्त्रीमा जनमत पार्टीका बसन्त कुशवाहालाई पहिलो पटक मन्त्रीमण्डल विस्तार गर्दा नियुक्त गरेका थिए । भने दोस्रो पटक मन्त्रिमण्डल विस्तार गर्दा जसपाकी सुरिता साह सामाजिक विकासमन्त्री, जनमतका महेश यादव शिक्षा विज्ञान प्रविधि तथा वाणिज्यमन्त्री, एमालेका शत्रुधनप्रसाद सिंह गृह तथा सञ्चार, एमालेकै मो. जैयद आलम महिला बालबालिका युवा तथा खेलकुद, जसपा नेपालका सिंगासन सा कलवार खानेपानी तथा ऊर्जा र एमालेका राजकुमार लेखी कानुन, न्याय तथा प्रदेशसभा मामिलामन्त्रीको रूपमा नियुक्त भएका थिए ।

त्यस्तै सामाजिक विकास राज्यमन्त्रीमा जसपा नेपालका शेष अबुल कलाम आजाद, गृह तथा सञ्चार राज्यमन्त्रीमा एमालेका केशव राय र भूमि, वयवस्था कृषि तथा सहकारी राज्यमन्त्रीमा जनमत पार्टीका संजयकुमार यादव नियुक्त भएका थिए ।

नवनियूक्त उद्योग, पर्यटन तथा वन मन्त्री सुनिता यादव माओवादीका नेता शहिद रामवृक्ष यादवकी छोरी हुन् । उनको आमा रामकुमारी यादव र दीदी बोधमाया यादव संघीय सरकारमा मन्त्री भईसकेकी छन् । भने सुनिता र रहबर अन्सारीको पहिलोपटक प्रदेशसभा सदस्य हुदैँ मन्त्रीसम्मको यात्रा गर्न सफल भएका छन् ।
माओवादीले थालेको जनयूद्धको क्रममा सुनिताका बुवा रामवृक्ष यादव, श्रीमान डम्बर यादव, दाजु शेखर यादवको मारिएका थिए ।