दलित कार्यपालिका सञ्जाला गठन
जनकपुर, माघ २८
मधेस प्रदेशका सामाजिक विकासमन्त्री सुरिता साहले दलितहरुलाई अझैपनि अधिकारबाट वञ्चित राखिएको बताएकी छन् ।
दलित सरोकार मञ्च नेपाल कञ्चनरुप नगरपालिका–८ सप्तरीको आयोजनामा भएको ‘दलित सशक्तीकरण ऐन २०७६ कार्यान्वयनको अवस्था ः आगामी दिनमा कार्यपालिका सदस्यहरूको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा मन्त्री साहले यस्तो बताएकी हुन् ।
उनले स्थानीय तहहरुमा सरकारले अनिवार्य दलितको सिद्धान्त पछि दलितको पहुँच कार्यपालिकामा भएपनि उनीहरुलाई अधिकारबाट अझै बञ्चित हुन परेको स्पष्ट पारिन् ।
कार्यक्रममा प्रदेशसभा सदस्य शारदा पहाडी दासले उत्पीडित समुदायलाई सामाजिक बहिष्करणबाट मुक्त गर्न विशेष अधिकारको ग्यारेण्टी हुनुपर्ने बताइन् ।
उनले तत्कालिन नेकपा माओवादीले जनयुद्धका बेलामा मुक्तिको लागि विशेषाधिकारको अवधारणा अगाडि सारेको बताउँदै उनले विशेषाधिकार राजनीतिकसँग र आरक्षण सामाजसँग जोडिएको हुनाले सो तर्फ पहलकदमी लिनुपर्ने बताइन् ।
उनले आरक्षण संसारबाट असफल भइसकेकोले अव विशेष अधिकारमा जानुपर्ने जोड दिइन् ।
कार्यकारी निर्देशक भोला पासमानले दलितले अधिकार नखोजेसम्म अधिकार नपाइने भएकाले संगठित रुपमा संघर्ष गर्नुको विकल्प नरहेको बताए ।
उनले राजनीतिक पार्टीका नेताहरु सत्तामा पुग्दा दलित मुक्तिका नारा लगाएपनि सत्तामा पुगेपछि आफैले लगाएका नारा भुल्ने गरेको गुनासो गरे ।
दलित कार्यपालिका सञ्जाला गठन
दलित समुदायको सशक्तिकरण र उत्थानका लागि धनुषा र महोत्तरी जिल्लाका दलित समुदायका कार्यपालिका सदस्यहरुले सञ्जाल गठन गरेका छन् ।
धनुषा जिल्लाको सञ्जाल मथिला विहारी नगरपालिका कार्यपालिका सदस्य राम उदागर दासको अध्यक्षतामा १९ सदस्य दलित समुदायका कार्यपालिका सदस्यहरुको जिल्लास्तरीय सञ्जाल गठन गरेको हो ।
सो समितको उपाध्यक्षमा जनकपुरधाम उपमाहानगरपालिकाका कार्यपालिका सदस्य संजु दास, कोषाध्यक्ष सबैला नगरपालिकाकी कार्यपालिका सदस्य निर्मला परियार, सचिवमा हंसपुर नगरपालिकाका कार्यपालिका सदस्य राजेश कुमार पासवान, सहसचिवमा विदेह नगरपालिकाका कार्यपालिका सदस्य र सहसचिवमा जनकपुरधाम उपमहानगरपालिकाका कार्यपालिका सदस्य मनिषा देवी चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा लक्ष्मीनिया गापाका रिको देवी मण्डल, कमला नपाकी कलसिया देवी दास, गणेशमान न.पा.की विनिता कुमारी पासमान, धनौजी गापाकी मन्जु दास, नगराईन नपाकी नगिना पासमान, कमला नपाकी मञ्जुु महरा, बटेश्वर गापाकी सोमनि कुमार दास, जनकनन्दनी गापाकी लालो देवी खत्वे, सहित नपाकी संगिता कुमारी रहेकी छन् ।
भने महोत्तरी जिल्लाको दलित समुदायका कार्यपालिका सदस्यहरुको सञ्जालको अध्यक्षमा पिपरा गापाका कार्यपालिका सदस्य बैदेही पासमानको नेतृत्वमा १७ सदस्य चयन गरेको छ ।
त्यस्तै समितिको उपाध्यक्षमा बर्दिवास नपाकी प्रतिमा विश्वकर्मा, कोषाध्यक्षमा एकडारा गापाकी सुमिन्त्रा देवी दास, सचिवमा सोनमा गापाका रानिवति पासमान र सहसचिवमा महोत्तरी गापाकी कार्यपालिका सदस्य सुमित्रा देवी चयन भएका छन । सञ्जालका जिल्ला समिति सदस्यमा वलुवा नगरपालिकाका नागेन्द्र पासमान, गौशाला नपाका हिरा कुमार पासवान, औरही नपाकी विनिता दास, मटिहानि नपाकी गेना देवी पासमान, बर्दिवास नपाका तिर्थ बहादुर अक्षामी, भँगहा नपाकी पारो देवी पासमानलगायत छन् ।