जनकपुर, माघ २८

जनकपुरधामका हार्डवेयर व्यवसायी संघको अधिवेशनबाट नयाँ कार्यसमिति सर्वसम्मतरुपमा चयन गरेको छ ।
शनिबार जनकपुरधाममा भएको अधिवेशनबाट शशी कुमार गुप्ताको नेतृत्वमा जनकपुर हार्डवेयर व्यवसायी संघको नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

नवगठित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा पंकज कुमार महतो, उपाध्यक्षमा सरोज साह, महासचिवमा दिनेश कुमार हाथी, सचिवमा शिवशंकर कुमार साह र कोषाध्यक्षमा मुकेश नायकलाई सर्वसम्मत चयन गरिएको प्रमुख निर्वाचन अधिकृत ललित कुमार साहले जनाए ।

त्यस्तै सदस्यहरुमा संतोष कुमार गामी, ओमप्रकाश साह, प्रदिप कुमार साह, विशेश्वर महासेठ, जबाहर साह, रामप्रताप साह, धनन्जय कुमार साह, सुनिल कुमार यादव र अशोक कुमार साह रहेका छन् ।

नवनिर्वाचित अध्यक्ष शशी कुमार गुप्ताले सर्वसम्मतरुपमा निर्वाचित भएकोमा बधाई ज्ञापन गर्दै उनले जनकपुरधामका सम्पूर्ण हार्डवेयर व्यवसायीहरुको साझा पीडालाई बुझ्दै त्यसको समाधानका उपायहरु खोज्ने प्रयास आफ्नो पहिलो प्राथमिकतामा रहको बताए ।

उनले हार्डवेयर व्यवसायीहरुलाई बैंकको व्याजदर सम्बन्धि समस्याहरु रहेकाले यसलाई पनि समाधान गर्न आफू अहिलेदेखि नै लागिपर्ने प्रतिबद्धता जनाए ।