जनकपुर, फागुन २

मधेश प्रदेशका प्रदेशसभा सदस्य दिपेन्द्र ठाकुरले संघीयता र लोकतन्त्रलाई कुनै ताकतले चाहदैँमा हटाउन नसक्ने बताएका छन् ।

मंगलबार जनकपुरधाममा जनकपुर साहित्य महोत्सवद्वारा आयोजित कवि गोष्ठी कार्यक्रममा प्रदेशसभा सदस्य ठाकुरले संघीयता र लोकतन्त्र जनताको बलमा स्थापना भएको बताए । उनले संघीय संसददेखि प्रदेशसभासम्ममा पनि क्षणिक संघीयता र लोकतन्त्र विरोधीहरु रहेतापनि संघीयता र लोकतन्त्रमाथि जथाभावी बोलेर कमजोर पार्ने षडयन्त्रलाई विफल पारिने बताए ।

उनले कसैले चाहदैँमा संघीयता खारेजी नहुने समेत स्पष्ट पारे । उनले मुलुक र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था मुलुकको गहना भएको बताए ।

प्रदेशसभा सदस्य ठाकुरले भोलीका भविष्यमाथि यस्ता खाले संघीयता लोकतन्त्र विरोधीहरुले गर्दा बालबालिकाको मष्तिस्कमा कस्तो खाले असर पर्छ भन्दै उनले प्रतिप्रश्न पनि गरे ।

उनले सांसदहरुले जनताका लागि ईमान्दारीतापूर्वक काम गर्न आग्रह गर्दै बालबालिकाको नाममा विद्यालयमा आएका विभिन्न सेवा सुविधामाथि पनि कुनियत राखेर भ्रष्टाचार गरेर आफैभित्रपनि लज्जित हुनुपर्ने अवस्था रहेकोले तत्काल व्यवहार र वाणीमा सुधार गर्न आग्रह गरे ।

उनले समाजमा रहेका भ्रष्टचारको अन्त्यका लागि सबै सचेत वर्ग आजैदेखि जाईलागेपनि भ्रष्टाचारीहरुको मनोबल पनि गिर्ने र उनीहरु मुख देखाउने लायक पनि नरहने भने ।

प्रदेशसभा सदस्य ठाकुरले भ्रष्टाचार मुक्त अभियान सञ्चालन गर्नु आजको अपरिहार्य रहेको बताए ।

May be an image of 2 people, people sitting, people standing and indoor