जनकपुर, फागुन २

धनुषा प्रहरीले विभिन्न आरोपमा फरार रहेका अभियूक्तहरुलाई पक्राउ गर्न सफल भएका छन् ।

मंगलबार ईलाका प्रहरी कार्यालय औरही धनुषाबाट प्रबनानिको कमाण्डमा खटेको टोलीले धनुषाको औरही गाउँपालिका वडा नम्बर २ स्थितबाट कुटपिट मुद्दाका फरार प्रतिवादी ११ जना र ईलाका प्रहरी कार्यालय ढल्केवर धनुषाबाट खटिएको प्रहरी टोलीले जिल्ला धनुषा मिथिला नगरपालिका वडा नम्बर २ स्थितबाट सवारी ज्यान र विविध मुद्दाका १\१ जना फरार प्रतिवादी गरी जम्मा १३ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

May be an image of 8 people, people standing and outdoors

फरार प्रतिवादीलाई पक्राउ गरी आवश्यक कार्वाहीको लागि धनुषा जिल्ला अदालतमा उपस्थिति गराईएको धनुषा प्रहरीका प्रहरी नायब उपरीक्षक दिपक रायले जानकारी दिए ।