जनकपुर, फागुन ३

मधेश प्रदेशको प्रदेशसभाको आर्थिक कारोबार सञ्चालनको विषयलाई लिएर नेपाली काँग्रेसले प्रदेशसभाको बैठकमा आपत्ति जनाउँदै अवरोध खडा गरेपछि दस मिनेटसम्मका लागि बैठक स्थगित गरिएको छ ।

प्रदेशसभामा नयाँ सभामुख आएपछि अन्य बैंक मार्फत कारोबार गर्नुपर्ने भन्दै मेघा बैंकका कर्मचारीहरुले विभिन्न प्रदेशसभा सदस्यहरु मार्फत सभामुख रामचन्द्र मण्डलमाथि दवाव दिदैँ आएको थियो । सभामुख मण्डलले मेघा बैंकका कर्मचारीहरुसँग भेटघाट गर्न नमानेपछि काँग्रेसले आपत्ति जनाउँदै गेस्टको अपमान गरेको भन्दै दस मिनेटसम्मका लागि प्रदेशसभाको बैठक स्थगित गरिएको हो ।

मधेस प्रदेशको प्रदेशसभा बैठक कांग्रेसका प्रदेशसभा सदस्यहरुले अवरुद्ध पारेपछि सभामुख मण्डलले १० मिनेटका लागि बैठक स्थगित गरेको थियो ।No description available.

प्रदेशसभाको बैठक बसे लगत्तै कांग्रेसले गेस्टलाई प्रदेशसभामा प्रवेश गर्न रोक लगाएको भन्दै बैठक अवरुद्ध पारेको थियो ।

काँग्रेसका प्रदेशसभा सदस्य शेषनारायण यादवले गेस्टलाई प्रदेशसभा भित्र प्रवेश गर्न नदिनु दुःखद रहेको बताएका छन् ।

यता सभामुख रामचन्द्र मण्डलले आफु यस विषयमा स्पष्टिकरण दिन तयार रहेको हाउसमै बताए । उनले गेस्टलाई बोलाउने सबैको अधिकार रहेपनि अराजकता गर्ने, प्रदेशसभामा ३ घण्टा देखि समस्या खडा गरेर आफ्नो विजनेस गर्न आउने व्यक्तिलाई गेस्ट भन्ने की कारोबार गर्न आएको व्यक्ति भन्ने भनेर प्रश्न गरेका छन् ।

प्रदेशसभा सदस्य तथा कर्मचारीहरुको खाता खोल्ने विषयमा बैंकसँग कारोबारका लागि सम्झौता गर्नुपर्ने हुन्छ ।No description available.

सभामुख मण्डलले विगतदेखि एनएमबी बैंकसँग नै प्रदेशसभाले गर्दै आएको कारोबारलाई निरन्तर दिने भनेपछि केही प्रदेशसभा सदस्यहरुलाई टाउको दुखाईको विषय बनेको छ ।