काठमाण्डौ, फागुन ४

दक्षिण भारतीय अभिनेत्री सामन्था रूथ प्रभुले फिल्म ‘पुष्पा– २’ को आइटम गीतका लागि आएको प्रस्ताव अस्वीकार गरेकी छन् ।

भारतीय सञ्चारमाध्यमले जनाए अनुसार बलिउड लाइफका अनुसार उनले ‘पुष्पा– २’ मा समावेश हुने आइटम गीतको प्रस्ताव अस्वीकार गरेकी हुन् ।
उनले अल्लु अर्जुन र रश्मिका मन्दना अभिनीत फिल्म ‘पुष्पा’ मा ‘उ अन्टावा’ नृत्य गरेकी थिइन् । ‘पुष्पा’ को एउटा आइटम गीतका लागि उनले ५ करोड भारतीय रूपैयाँ पारिश्रमिक पनि लिएकी थिइन् ।

सो आइटम गीतपछि उनको सर्वाधिक चर्चा भयो । उनले एक अन्तर्वार्तामा दर्शकहरूले आफ्नो पहिलाको काम बिर्सिएर गीतको मात्रै चर्चा गरेको पनि बताएकी थिइन् । गीतको सफलतामा उनी निकै खुशी थिइन् ।
जसले गर्दा निर्देशक सुकुमारले उनलाई आइटम गीतको प्रस्ताव गरेका थिए । तर उनले भने आफ्नो रोगका कारण फिल्मको प्रस्ताव अस्वीकार गरिरहेकी छन् ।

सामन्थाले जनाए अनुसार उनलाई ‘मायोसाइटिस’ भन्ने रोग लागेको छ । यो रोगमा शरीर कमजोर हुने र मांसपेसीहरू दुख्ने हुन्छ । गम्भीर अवस्थामा मानिसलाई उभिन र हिँड्न पनि कठिनाई हुने गर्छ ।

चिकित्सकहरुले उनको रोग पूर्ण रूपमा निको हुने बताएका छन् । भने सामन्था आफ्नो आगामी वेब सिरिज ‘सिटाडेल’ को छायांकनमा व्यस्त रहेकी छन् ।

उनी फिल्म ‘खुशी’ को छायांकन पूरा गर्न चाहन्छिन् भने यस फिल्ममा उनीसँगै विजय देवरकोन्डाको मुख्य भूमिका छ ।

उनको पछिल्लो समय रिलिज भएको फिल्म ‘यशोदा’ ले बक्स अफिसमा धमाल मचाएको थियो ।