जनकपुर, फागुन ५

धनुषा प्रहरीले एकैदिनमा २० जना फरार अभियूक्तलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषा तथा मातहतको कार्यालयबाट खटिएका प्रहरी टोलीले विभिन्न मुद्दामा फरार रहेका २० जना अभियूक्तलाई पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुलाई आवश्यक कारवाहीका लागि धनुषा जिल्ला अदालतमा उपस्थिति गराइएको धनुषाका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक बेदप्रकाश गौतमले जानकारी दिए ।

प्रहरी नायब उपरीक्षक गौतमले अधिकांश फरार प्रतिवादीहरु कुटपिट मुद्दाका रहेको बताए ।May be an image of 4 people and people standing

May be an image of 4 people and people standing

May be an image of 2 people and people standing

May be an image of 1 person and beardMay be an image of 3 people and people standing