जनकपुर, फागुन ५

विगत चार वर्षदेखि आफ्नो बुवाको हत्यारालाई कतार अदालतले सुनाएको फैसला कार्यान्वयन गराउनका लागि उनका छोराहरु लागि परेका छन् ।

वैदेशिक रोजगारमा रहेका शिवरतन सन् २०१८ मा कतार पुगे । तर उनी कतार वैदेशिक रोजगारका लागि धनुषाको नगराईन नगरपालिका वडा नम्बर ९ स्थित घोडघाँस बस्ने शिवरतन राउत कतारमा काम गर्नका लागि गएका थिए ।

शिवरतनले दुई छोरीको विवाहको विवाहका लागि लिएको ऋण तिर्न र दुई छोराको भविष्य सुरक्षित गर्नका लागि उनी कतारपनि पुगे ।

यसअघि पनि साउदी अरबमा गएका थिए । साउदी अरबबाट काम गरि फर्केका शिवरतनलाई ऋणको बोझका कारण अरबबाट फर्केर आएको ८ महिनापछि उनी कतारमा रोजगारीका लागि गए । तर, कतारमा सात महिना मात्रै काम गर्न सके । उनका कतारमै हत्या भयो ।

एउटै कम्पनीमा कार्यरत्त रहेका शिवरतन र हत्या आरोपित कमल थिङ वीच समान्य मनमुटाव रहेको उनको परिवारजनको भनाई छ ।

कार्यरत्त रहेको कम्पनीको नाम परिवारजनलाई थाहा नभएपनि परिवारसहित छोराहरुसँग प्रायः राति मोवाइलबाट कुराकानी हुनेगथ्र्यो ।

मृतककी धर्मपत्नी जितनी देवीले मृत्यू हुनु अघि श्रीमानसँग कुराकानी हुदाँ केही घटना हुनेमा उनलाई संशय उत्पन्न भईसकेको थियो ।

उनले भनिन्, ‘श्रीमानले राति मोवाईलनमा फोन गर्यो । किस्ता तिर्नुपर्ने ऋणहरु तिर्नुपर्ने टेन्सनले निकै सताइरहन्छ, पैसा कहिले पठाउने भनेर मैले सोधेँ, वहाँले मेरो मोवाइल चोरी, कसले चोरायो भनेर सोध्दा साथीभाईले लिएको भन्यो, अनि मोवाईल किनेको भन्यो, यो महिनामा तलब घरमा पठाउदिन भनेर भन्यो, मोवाईल किनेको हुनाले, वहाँले सानो छोरालाई रुपैयाँ बुवाले पठायो भनेर सोध्दा बुवाले नपठाएको भन्यो, त्यो रात श्रीमानसँग अबेर रातसम्म धेरै कुराकानी भयो । नुनतेलदेखि विभिन्न कुराहरु भयो । मेरो श्रीमानको ओभरटाइम गथ्र्यो । रुपैयाँ अलि बढी कमाई हुन्थ्यो । त्यो देखेर वहाँको साथीलाई मनपरेन । मोवाइल चोरी गरिदिने, निहुँ खोज्ने लगायत विभिन्न लफडाहरु भईनै रहन्थ्यो । तर मसँग अबेर रात भएको कुराकानीपछि म संशकित बने । आखिर यति रातिसम्म किन कुरा यसरी गर्यो । कहिल्यैँपनि यसरी राम्ररी कुराकानी हुदैँनथ्यो । तर त्यसको विहानैपल्ट नसोचे कुरा भयो । मेरो श्रीमानको हत्या भएकोे कुरा हामीले सुन्नुपर्यो ।’

No description available.

नेपाली राजदूतावासको मिति २०७६ साउन २१ को पत्रअनुसार सिन्धुलीको कपिलकोट वडा नम्बर ४ बस्ने कमल थिङलाई राउतको हत्याको आरोपमा कतारको पुलिसले थुनामा राखी कारबाहीसमेत अघि बढायो ।

शिवरतन कार्यरत कतारको कम्पनीले दूतावासमा पेश गरेको पत्र अनुसार थिङले नै शिवरतनको हत्या गरेको उल्लेख गरिएको थियो ।

कतारको क्रिमिनल कोर्टले सन् २०१८ मा थिङलाई ३ वर्षको जेल सजाय र मृतकको परिवारलाई ब्लडमनीको रुपमा २ लाख कतारी रियाल दिनुपर्ने सजाय सुनाएको थियो ।

No description available.

तर, थिङले अदालतको सो फैसला विरुद्धमा पुनरावेदन गर्दै नियतबस नभई दुर्घटनावस शिवरतनको मृत्यु हुन गएको विन्ती अदालतमा पेश गरेपछि सन् २०१९ मा थिङको सजायलाई ३ वर्षबाट घटाएर ६ महिनामा गरियो । भने ब्लड मनि यथावत राख्ने निर्णय गरियो ।

शिवरतनको हत्याको आरोपमा थिङले ६ महिनाको जेल सजाय कतारमा भोगे र ब्लड मनि नबुझाएसम्म कतार छाड्न नपाइने अदालतको निर्णयबमोजिम कम्पनीकै क्याम्पसमा बसिरहनु परेको थिए ।

तर, कोरोना संक्रमण महामारी बेला थिङले कतारको प्रशासनलाई झुक्याएर नेपाल फर्किए । जसमा नेपाली राजदुतावासको समेत संलग्नता रहेको पीडित परिवारजनको आरोप छ ।

शिवरतनका जेठो छोरा राजन र अमृत बुवाको हत्या भएको चार वर्ष वितिसक्दा पनि न्यायका लागि विभिन्न निकायमा हारगुहार लगाउदाँ पनि न्याय कहाँ पाइन्छ भन्ने कुरा नै थाहा नभएको भन्दै अनभिज्ञता प्रकट गरे ।

दुवै दाजुभाईले न्यायका लागि नेपाली दुतावास, परराष्ट्र मन्त्रालय, वैदेशिक रोजगार विभागलगायत विभिन्न सरोकारवाल निकायमा धाउदाँ धाउदै थाकिसकेपनि न्याय दिनबाट यी निकायहरु पञ्छिएको आरोप लगाए । उनीहरु यसरी कसरी पञ्छिरहेको छ, कतै हत्याराले नेपाली दुतावासदेखि विभिन्न निकायमा रकम खुवाईसकेको छ भन्ने आशंका समेत व्यक्त गरे शिवरतनका कान्छा छोरा अमृतले ।

किनभने शिवरतनको हत्या गरेका थिङले ब्लड मनि बापतको २ लाख कतारी रियाल तिर्नुपर्ने थियो, जुन उनले तिरेनन् ।

यता, बुवाको हत्यापछि घरमा चरम आर्थिक अभावका कारण ऋण दिएका साहुहरुको रकम तिर्न नसक्दाको पीडाले उनका दुई छोराको पढाइ लेखाइ समेत छाड्नुपर्ने बाध्यता आयो ।

मृतक शिवरतनका छोरा अमृत राउत र उनका दाजु राजन राउत विगत चार वर्ष देखि न्याय पाउनका लागि पटक पट

No description available.क नेपाली राजदूतावासलगायत विभिन्न सरोकारवाल निकायको शरणमा पुग्यो । ऋण काढेरै पटक पटक कन्सुलरमा पुगे, तर अहिलेसम्म पनि सरोकारवालले न्याय दिलाईदिनका लागि बेवास्ता गर्दा न्याय पाउने ठाउँ भेटिएको छैन । यता उनीहरुमा अझैपनि न्यायको आशपनि मरेको छैन ।

२०७९ साउन २६ गते कन्सुलर सेवा विभाग, काठमाडौंले राउत परिवारलाई उपलब्ध गराएको पत्रमा मृतक शिवरतन राउतको हत्या आरोपमा थुनामा रहेका तथा ब्लडमनि तिर्नपर्ने निर्णयमा परेका थिङ ब्लडमनि भुक्तान नहुँदै नेपाल पुगेको विषयमा कतारको कुनै निकायबाट यस नियोगलाई जानकारी प्राप्त नभएको उल्लेख गरिएको छ ।

पत्रमा लेखिए अनुसार सामान्यतः कतारमा कुनै अभियोगमा अदालतबाट निर्णय भई कसुरदार ठहरिएका व्यक्तिलाई कतार छाड्न नमिल्ने गरी कतार सरकारले व्यवस्था गरेको हुन्छ ।

तरपनि केही व्यक्ति ब्लडमनि नतिरिकनै कतारबाट आफ्नो मुलुक फर्कन सकेको पाइएको छ ।

पत्रमा उल्लेखित विषयमा हत्या आरोपित कमल थिङको सम्बन्धमा निजको कतार आइ डी रद्द भइसकेको र निज ५८९ दिनदेखि कतारमा नरहेको उल्लेख छ ।

No description available.

यस परिस्थितिमा मृतकका कानूनी हकदारले आरोपितबाट पाउनुपर्ने ब्लडमनि एवं अन्य क्षतिपूर्ति उपलब्ध गराउने सम्बन्धमा आरोपित व्यक्ति कतारमै नरहेको हुँदा ब्लडमनि तथा अन्य क्षतिपूर्ति उपलब्ध गराउने प्रक्रिया यहाँबाट थप अघि बढ्न नसक्ने व्यहोरा निर्देशानुसार अनुरोध गरिएको छ ।

कन्सुलर सेवा विभागका द्वितीय सचिव भुवनप्रसाद भट्टको हस्ताक्षर गरिएको उक्त पत्रमा शिवरतन राउत परिवारलाई थमाएर नेपाली दूतावास आफ्नो दायित्वबाट पञ्छिन चाहेको छ ।

नेपाल फर्किसकेका आरोपी थिङलाई नेपालमै भएपनि ब्लडमनि तिराउनुपर्ने र आफ्नो परिवारले न्याय पाउनुपर्ने माग मृतकका छोरा अमृतले गरेका छन् ।