जनकपुर, फागुन ५
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धन भत्किन सक्ने संकेत गरेका छन् ।
जनकपुरधाममा आयोजित एक कार्यक्रममा उनले वर्तमान सत्तारुढ गठबन्धन तर्फ संकेत गर्दै उनले भर्चुअलको माध्यमले कार्यकर्तालाई प्रशिक्षित गर्दै गठबन्धन भत्किन सक्ने तर्फ संकेत गरेका हुन् ।
उनको कुरालाई समर्थन गर्दै एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पनि सत्तारुढ गठबन्धन भत्किने संकेत गरेका छन् ।
संगठन सुदृढिकरणका लागि शुक्रबारदेखि देशव्यापी रुपमा शुरु गरेको मिशन ग्रासरुट अभियानको मधेश प्रदेशको राजधानी जनकपुरधाममा उद्घाटन गर्दै नेता पोखरेलले गठबन्धन भत्किन सक्ने भन्दै राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा एमालेसंग वर्तमान गठबन्धनमा भएको सहमतीबाट एमाले अलिकति पनि टसमस नहुने आफ्नो अडान दोहोर्याएका छन् ।

उनले भने, ‘एमालेसंगको सहमति अनुसार नै राष्ट्रपति तथा उपराष्ट्रपतिको निश्कर्ष लाग्छ, बरिष्ठ उपाध्यक्ष पोखरेलले भने‘ त्यसपछि मात्रै राष्ट्रिय सहमति, साझा निति तथा कार्यक्रम सहितका अलग च्याप्टरहरुमा एमाले सहमती खोज्न सक्छ ।’ उनले सहमती भंग गरिए एमाले अर्को चयाप्टर तर्फ समेत काम गर्न सक्ने र देशकै थप ठुलो शक्ति बन्ने दावी गरे ।
त्यस्तै एमालेका सचिव रघुविर महासेठले आगामी निर्वाचनहरुमा कम्तिमा ५१ प्रतिशत मत ल्याएर एकल सरकार निर्माणका उद्देश्यका साथ मिसन ग्रासरुट अभियानको आरम्भ गरिएको बताए । उनले मिसनका लागि मधेश प्रदेशको आठवटै जिल्लामा पालिकाको हिसाबले नेताहरुका लागि तोकिएको जिम्मेवारीको विषयमा पनि जानकारी गराए ।

कार्यक्रममा एमाले मधेश प्रदेश अध्यक्ष रामअवतार यादव, स्थायी कमिटी सदस्यहरु लालबाबु पण्डित, गुरु बराल र सिता पौडेल, मन्त्री ज्वाला साहलगायतकाहरुको उपस्थिती रहेको थियो ।

