जनकपुर, फागुन ७

यही फागुन ११ गतेदेखि तीन दिवसीय चौथो ‘जनकपुर साहित्य महोत्सव–२०२३’ जनकपुरधाममा हुने भएको छ ।

नवमिथिला फाउण्डेशनको आयोजन र फ्याक्ट्स नेपालको प्रमुख आयोजनमा हुन लागेको महोत्सवको चौथो संस्करण १३ गतेसम्म चल्ने आयोजकले जनाएको हो ।

२०७६ सालदेखि प्रत्येक वर्ष आयोजना हुँदै आएको महोत्सवमा यस वर्ष साहित्य, संगीत, सिनेमा, संस्कृति, पहिचान, समाज र राजनीतिसम्बन्धी विभिन्न २० वटा ओपन–एयर प्यानल छलफल हुने आयोजक नवमिथिला फाउण्डेशनका उपाध्यक्ष आदित्य नेपालले जानकारी दिए ।

यस जनकपुर साहित्य महोत्सवमा विधार्थी, राजनीतिज्ञ, कलाकार, संगीतकार, लेखक लगायतको सहभागिता रहने छ । यस महोत्सवमा नेपालभरिका साहित्यप्रेमीहरूको सहभागिता रहनेछ ।

साहित्य महोत्सवको उद्घाटन सत्र फागुन ११ गते दिउँसो २ ः३० बजेदेखि जानकी मन्दिर परिसरमा हुनेछ । कार्यक्रममा प्रमुख अतिथिका रुपमा नेपालका प्रथम राष्ट्रपति रामबरण यादव र विशेष अतिथी मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव रहनेछ ।

त्यस्तै प्रबुद्ध मन्तव्य राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल, उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अन्जन श्रेष्ठ र डा. विजयकुमार सिंह (दनुवार) ले दिनेछ ।

No description available.

साहित्यिक क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यका साथ आयोजना गर्न लागिएको महोत्सवमा देशभरिका ख्याति प्राप्त स्रष्टाहरूको सहभागिता रहनेछ ।
महोत्सवमा ‘समावेशिताः परिकल्पना र अभ्यास’, ’अपन समाजके घुइरक तकलापर’, ‘घेघ बनल घोघ’, ‘युवा : संस्कार र परिष्कार’, ‘शहिद दिलिप महतोके मोन पाडैत’, ‘सञ्जालको बवाल’, ’राजनीति :अभियान आ अवसर’, ‘सम्झनामा प्रदीप दाई’, ’हामीले गुमाएको खेलकुद’ र विभिन्न अन्य विधालाई समेट्दै २० भन्दा बढि सत्रहरू रहने बताइएके छ ।

No description available.

सत्रहरूमा वक्ता र सहजकर्ताको रुपमा स्थानीयदेखि राष्ट्रियस्तरका व्यक्तित्वहरूको सहभागिता रहने आयोजकले जनाएको छ ।

यस उत्सवको उद्घाटन समारोहका दिन ‘अमित झा साहित्य संगीत पुरस्कार’ वितरण गर्नुका साथै अन्तरविद्यालय वक्तृत्व प्रतियोगिताको निर्णायक प्रतिस्पर्धा र संगीत सन्ध्यामा (कुटुम्ब र मिनाप) को सांगीतिक प्रस्तुत गर्ने छन् ।

No description available.

किताबको लोकार्पणदेखि स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय कलाकारको प्रस्तुती पनि महोत्सवमा समेटिएको छ भने महोत्सवको अन्तिम दिन फागुन १३ गते भारतका चर्चित गायिका मैथिलि ठाकुरले पनि साङ्गितिक प्रस्तुती दिने भएकी छन् ।

यसको लाईभ ग्लैक्सी फोरके टेलिभिजनले गर्ने आयोजकले जनाएको छ ।

No description available.