जनकपुर, फागुन ८

विश्वको सबैभन्दा लामो धार्मिक पदयात्रा ‘मिथिला माध्यमिकी परिक्रमा’ पदयात्रा आजबाट विधिवत रुपले सुरु भएको छ । यो धार्मिक पदयात्रा १५ दिनसम्म चल्नेछ ।

मिथिला माध्यमिकी परिक्रमाले नेपाल–भारतबीचको धार्मिक, सांस्कृतिक, तथा पारम्परिक सद्भावको प्रतिकका रुपमा परम्परागतरुपमै रहेको छ ।

मिथिलाको ऐतिहासिक, पौराणिक, सांस्कृतिक तथा धार्मिक आस्थाकोरुपमा रहेको मिथिला माध्यमिकी परिक्रमा यसवर्ष आजदेखि सुरु भई फागुन २३ गते अर्थात १५ दिनसम्म श्रद्धालु भक्तजनले पैदल यात्रा गरेर धार्मिक गन्तव्य पूरा गर्नेछ ।

No description available.

प्राचीन मिथिलाको राजधानी जनकपुरधामको अग्निकुण्डबाट किशोरीजी अर्थात् माता जानकी र कचुरी मठबाट मिथिला विहारी अर्थात् भगवान् रामचन्द्रको दुई प्रमुख डोलाको नेतृत्वमा मिथिला माध्यमिकी परिक्रमा विधिवत रुपमा आरम्भ हुने चलन छ ।

धनुषाको मिथिलाबिहारी नगरपालिकास्थित ठेरा कचुरी मठबाट भगवान् राम र जानकीको डोला काँधमा बोकेर पैदल यात्रालाई आरम्भ गर्दै विधिवतरुपमा परिक्रमा सुरु भएको मानिन्छ । परिक्रमाको पहिलो दिन जनकपुरधामस्थित हनुमाननगरमा डोलासहितकााक श्रद्धालु भक्तजनहरु विश्राम गर्छन् ।

परिक्रमामा सहभागी साधुसन्त तथा श्रद्धालुहरु त्यसको भोलिपल्ट बिहान पूजापाठ गरी भारतको विहार राज्यस्थित कल्याणेश्वरका लागि प्रस्थान गर्नेछन् ।

No description available.

परिक्रमामा सहभागीहरु क्रमशः फूलहरको गिरीजास्थान हुँदै महोत्तरीको मटिहानी, जलेश्वर, मडै, ध्रुवकुण्ड, कञ्चनवन, पर्वता, धनुषाधाम, औरही, विशौल हुँदै पुनः कल्याणेश्वर र त्यसपछि पूर्णिमाका दिन जनकपुरधाम फर्किने छन् । पदयात्राको समाप्तिसँगै होली हुन्छ ।

हरेक वर्ष हुने परिक्रमामा भक्तजनले १५ दिनमा नेपालको १०५ र भारतको २८ गरि कूल १३३ किलोमिटरको दूरीमा पैदल यात्रा गरिन्छ ।

No description available.

नेपाल भारत दुवै मुलुकको धार्मिक, सांस्कृतिक एवं पारम्परिक सदभावको प्रतीक बनेको यस परिक्रमा यात्रामा नेपालको १३ तथा भारतको २ गरी जम्मा १५ वटा विश्रामस्थल छन् ।

मिथिला महात्म्यअनुसार १८औं शताब्दीदेखि यो धार्मिक पदयात्रालाई माध्यमिकी परिक्रमाको परम्परा सुरुवात भएको मानिन्छ ।

मिथिलाको राजधानी जनकपुरधामको चारवटै कुनामा स्थापना भएका चार शिवालय कल्याणेश्वर, जलेश्वर, क्षीरेश्वर र सप्तेश्वरनाथलाई आधार मानेर प्रत्येक वर्ष धार्मिक पदयात्रा हुने गरेको छ ।

No description available.

No description available.

No description available.