जनकपुर, फागुन ८

मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले नीजि होस्पिटलले व्यवसायीमुखी भन्दा जनसेवामुखी भएर सेवाभावले काम गर्न आग्रह गरेका छन् ।

सोमबार जनकपुरधाम स्थित मैक्स लाईफ होस्पिटलमा पूर्वाञ्चल क्यान्सर होस्पिटलले आयोजना गरेको निःशुल्क शिविरको उद्घाटन गर्दै सभामुख मण्डलले नीजि होस्पिटलले समाजका लागि पनि सेवा देखिने गरि काम गर्न गरेका हुन् ।

उनले समाजमा नीजि क्षेत्रका संस्थाले समाजबाट व्यवसायीक रुपमा लाभ रहदाँ समाजप्रतिके दायित्व बिर्सिदाँ नाकारात्मक विचारको विकास हुनु दुर्भाग्यपूर्ण रहेको बताए ।

सभामुख मण्डलले भने, ‘अहिले समाजमा होस्पिटल, नीजि बैंक, नीजि विद्यालय, होटेललगायतका संस्थाहरु जथाभावीरुपमा खोलिएपनि समाजमा उनीहरुको लगानी नहुदाँ समाजप्रतिको दायित्व भन्दा पनि नाफामुलक व्यवसायीले समाजमा नकारात्मक सोचको विकास भईरहेको छ ।’ उनले अघि थप्दै भने, ‘ती नीजि संस्थाहरुले समाजप्रतिको उत्तरादायित्वका लागि समाज विकासोन्मुख कार्यहरुमा लगानी लगाउनुपर्ने र सेवाभावले कम मूल्यमा जनतालाई सेवा दिन आग्रह छ ।’

पूर्वाञ्चल क्यान्सर होस्पिटलले जनकपुरधाममा आएर क्यान्सरको रोगीहरु पत्ता लगाउने कार्य सराहनीय रहेको बताउँदै उनले सेवाभावले काम गर्नु समाजप्रति कर्तव्यबोध समेत रहेको बताए ।

यस शिविरमा १ सय १० जनाको निःशुल्क स्वास्थ्य चेकजाँच भएको मैक्स लाईफ होस्पिटलले जनाइएको छ ।

No description available.

यस स्वास्थ्य शिविरमा पूर्वाञ्चल क्यान्सर होस्पिटल तथा विएनसि मेडिकल कलेजका निराजन प्रसाई, मैक्स लाईफका मेडिकल डाइरेक्टर कृष्णकुमार साह, पूर्वाञ्चल क्यान्सर होस्पिटलका मेडिकल डाइरेक्टर वीरेन्द्र यादवलगायतका रहेका थिए ।

No description available.