
काठमाण्डौ, फागुन १०
महन्थ ठाकुरलाई राष्ट्रपति उम्मेदवार बनाउनका लागि आज लोकतान्त्रिक समाजवादी पार्टी नेपालले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् ।
लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुरलाई राष्ट्रपतिको उम्मेदवार बनाउने प्रस्ताव लिएर सभापति शेरबहादुर देउवा निवासको निवास धुम्बाराही पुगेका थिए ।
राष्ट्रपतिका विषयमा भएको छलफलमा सभापति देउवा, उपसभापति पूर्णबहादुर खड्का र लोसपा नेपालबाट अध्यक्ष ठाकुर, नेताहरू राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिल झालगायत सहभागी भएका थिए ।
लोसपाका नेता शरदसिंह भण्डारीले महन्थ ठाकुरलाई राष्ट्रपति बनाउने विषयमा कांग्रेसबाट सकारात्मक रहेको प्रतिक्रिया दिए ।
नेता भण्डारीले लोसपा पनि कांग्रेस नेतृत्वको गठबन्धनमा रहेकाले ठाकुर पनि सहमति भएको अवस्थामा राष्ट्रपतिका लागि उपयुक्त भएको देउवाको भनाइ सुनाए ।
त्यस्तै लोसपा नेपालका नेता राजेन्द्र महतोले कांग्रेसले राष्ट्रपतिको उम्मेदवारी मनोनयनसम्म पार्टीभित्र र बाहिर छलफल गर्ने बताएको जनाएका छन् ।
लोसपा नेपालका नेताहरुले मंगलबार प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग महन्थ ठाकुरलाई राष्ट्रपति बनाउनका लागि छलफल गरेका थिए ।