काठमाण्डौँ, फागुन १०
राष्ट्रपति निर्वाचनका लागि निर्वाचन आयोगले मतदाता नामावली सार्वजनिक गरेको छ ।
बुधबार राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयले ८८१ जनाको नामावली सार्वजनिक गरेको हो ।जसमध्ये संघीय संसदका ३३१ र प्रदेश सभाका ५५० जनाको नाम समावेश गरिएको छ ।
राष्ट्रपतिको निर्वाचनमा संघीय सांसद र प्रदेश सभा सदस्यहरु सहभागी हुनेछन् ।
सहायक निर्वाचन अधिकृत अमृता कुमारी शर्माले जनाएअनुसार प्रकाशित मतदाता नामावलीको दाबी विरोधको उजुरी आज बिहान ११ बजेदेखि भोलि (बिहीबार) १२ बजेसम्म तोकिएको छ ।
यस समयमा पर्न आएका निवेदन तथा उजुरी उपर फागुन १२ गते ३ बजेसम्म छानबिन गरी ४ बजे अन्तिम नामावली प्रकाशन गरिने छ ।
राष्ट्रपतिको पदको लागि फागुन १३ गते मनोनयन दर्ता हुनेछ भने फागुन २५ मा निर्वाचन हुँदैछ ।
