
जनकपुर, फागुन १०
साईबर अपराधलाई समयमै प्रहरीले नियन्त्रणमा लिन नसक्दा विभिन्न प्रलोभनमा परि व्यक्तिहरु ठगिने क्रम जारी छ ।
मोवाईलमा आकर्षकीय ढंगका विभिन्न लोभलाग्दा एपहरु मैसेन्जर वा ह्वाट्सएपको माध्यमबाट डाउनलोड गर्न भनेर आउने गरेको छ । र सो एपलाई चलाउने वित्तिकै मोवाईल नै ह्याक हुने गर्छ । र मोवाईलमा रहेका खाताको एपसमेत स्केन गरि रकम गायब हुने गरेको छ ।
यस्तै घटना जनकपुरधाम वडा नम्बर ४ स्थित उत्तिमपुर टोल बस्ने राजन भुजेललाई रातीको समयमा मोवाईल खेलिरहदाँ एक मैसेज आयो । सो मैसेजमा नेपाली गर्ल भन्ने एप लाईक गर्नका लागि । मोवाईलमै खेलिरहेका भुजेलले सो एप के हो भनेर एक क्लिक गर्दा उनको खातामा रहेको ९३ हजार रुपैयाँ दुई चरण गरि गायब भयो । सचेतता नअपनाउदाँ खाताबाटै गायब भएको सो रकम पाउन अहिले उनलाई निकै समस्याबाट गुज्रिनु परेको छ । महिनौँ लगाएर कमाएको पैसा एउटा सानो गल्तीको कारणले उनले गुमाउनु परेको छ ।
भुजेलले जनकपुरधाम स्थित ग्लोबल आईए
मई बैंक लिमिटेडमा विगत १५ वर्ष अघि खाता खोलेका थिए । उनी निर्धक्कताका साथ आफ्ना रकम सोही खातामा जम्मा गर्थे । तर एक दिन उनको मोवाइल नम्बरको ह्वाट्स एपमा कलगर्ल भनेर लाइक गर्न मैसेज आयो । उनले सो मैसेजलाई छुने वित्तिकै उनको मोवाइलमा मैसेज आयो । सुरुमा ५० हजार रुपैयाँको निस्केको मैसेज आयो भने अर्को चरणमा पुनः ४३ हजार रुपैयाँ खाताबाट निस्केको मैसेज आएको थियो । उनको खाताबाट ९३ हजार रुपैयाँ नै गायब भएपछि उनी निकै तनावमा थिए ।
विहानै उनले सो कुरा बैंकका मैनेजर कहाँ गुनासो पोखे । तर उनले आफुहरुले कुनैपनि किसिमको सहयोग गर्न नसक्ने भन्दै ग्लोबल बैंकका मैनेजर पञ्छिए । पछि उनले जिल्ला प्रहरी कार्यालय धनुषामा जानकारी गराउँदै उजुरी दिए ।
उजुरी दिएको केही सातापछि ललितपुर परिसर स्थित प्रहरी कार्यालयबाट फोन उनलाई आयो । र उनी काठमाण्डौँ पुगे । उनले भने, ‘अवैध तरिकाले पैसा निकाल्ने अभियूक्त प्रहरीको हिरासतमा थियो । उनीसँग भेटघाट भयो । पैसा पाउने आसपनि जाग्यो । तर सो रकम कहिले पाउने हो भन्ने कुरा अत्तोपत्तो छैन ।’
यता जिल्ल प्रहरी परिसर ललितपुरले साईबर क्राइम अपराध अन्तर्गत ३० लाख रुपैयाँ भन्दा बढीको रकम बैंकको खाताबाटै गायब गर्ने करिब दर्जन भन्दा बढी अभियूक्तई पक्राउ गरेका छन् । पक्राउ गरि अनुसन्धान अघि बढाइएको ललितपुर प्रहरीले जनाएको छ ।
ग्लोबल आईएमई बैंकका सेवाग्राहीहरु यसरी समस्या परिरहदाँ सरोकारवाल पञ्छिनु बैंकमाथि रहेको विश्वासनीयतामाथि पनि प्रश्न चिन्ह खडा भएको छ ।