जनकपुर, फागुन १०

नागरिक उन्मुक्ति पार्टीले लाल आयोगको प्रतिवेदनबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराएका छन् ।

आज बसेको प्रतिनिधिसभाको बैठकका विशेष समय लिदैँ सांसद गंगाराम थारुले लाल आयोगको प्रतिवेदन बारे धारणा मागेका हुन् ।

उनले भने, ‘लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पटक–पटक भनिरहेका छौं । पटक–पटक प्रधानमन्त्री प्रचण्डबाट यो धारणा व्यक्त भएको छैन् ।’

विगतमा पनि यस्तो माग गर्दै आएपनि प्रधानमन्त्रीको धारणा नआएको भन्दै सांसद थारुले सदनमा अवरोधको सुरुवात गर्ने तयारीमा रहेको जानकारी समेत गराए । उनले भने, ‘त्यसैले गर्दा अब हामी बाध्य हुनेछौं सदन विरुद्ध । आजैदेखि सदन विरुद्धको तयारीमा छौं ।’