
जनकपुर, फागुन १०
अन्तर कलेज स्त्तरीय क्रिकेट प्रतियोगिता जनकपुरधाममा हुने भएको छ । जनकपुर एकेडमीको आयोजनामा यही फागुण १६ गतेदेखि बाह्रविघा मैदानमा प्रतियोगिता हुन लागेको हो ।
क्रिकेट खेल तथा खेलाडीको विकास एवं नयाँ खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ प्रतियोगिता गर्न लागेको प्रतियोगिताको संयोजक प्रशान्त कर्णले जनाएका छन् ।
जनकपुरधाममा एक पत्रकार सम्मेलन आयोजन गर्दै क्रिकेट खेल यही फागुन १६ गतेदेखि गर्ने जनाउँदै उनले हरेक तह, उमेर समूहलाई खेलसँग जोड्नुको साथै स्वास्थ्य रहने बताए । प्रतियोगितामा करिव १६ वटा कलेजको टिम सहभागि हुने अपेक्षा गरिएको राष्ट्रिय टिमका खेलाडी तथा हरिज स्पोर्टस जोनका सञ्चालक हरिशंकर साहले बताए । अहिलेसम्म १२ वटा टिमले नामांकन गराइसकेको उनको भनाई छ ।
डिउज बलले नकट आउट प्रणालीमा खेल हुने छन् भने प्रतियोगितामा प्रतिभावान् देखिएका खेलाडी छनोट गरी नियमित क्रिकेट अभ्यास गराउने आयोजक संस्थाले तयारी थालेको छ । यसअघि विद्यालय स्त्तरीय क्रिकेट प्रतियोगिताबाट उत्कृष्ट खेलाडीहरुलाई छनोट गरी तीन वटा टिममा विभाजित गरेको छ ।
प्रतियोगितामा विजेता, उप–विजेतालाई आकर्षक ट्रफि, वेस्ट फिल्डर, बलिङ, ब्याटसम्यान र किपरलाई पनि प्रोतसाहन गर्न प्रमाणपत्रसहित कप दिइने धनुषा क्रिकेट संघका उपाध्यक्ष अकाश पाण्डेले बताए ।