काठमाण्डौ, फागुन १४
संघीय सरकारले जनयुद्धका शहीदलाई राष्ट्रिय शहीद घोषणा गर्ने तयारी थालेको छ ।
आइतबार जनयुद्धका शहीद तथा बेपत्ता योद्धाका परिवारहरूसँगको अन्तरक्रिया कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धका शहीदहरूलाई राष्ट्रिय शहीद घोषणा गर्ने बताएको हो ।
नेपालको राजनीतिक परिवर्तनमा अद्वितीय योगदान गर्ने जनयुद्धका शहीदहरुलाई उच्च सम्मानका साथ राष्ट्रिय शहीद घोषणा गर्ने तयारी भइरहेको बताएका छन् ।
आइतबार जनयुद्धको क्रममा प्रथर्मे शहीद दिलबहादुर रम्तेलको स्मृति दिवसको प्रधानमन्त्री प्रचण्डले भने, ‘वर्तमान सरकारले जनयुद्ध लगायत सबै आन्दोलनका शहीदहरूलाई राष्ट्रिय शहीद घोषणा गर्ने तयारी गरिरहेको छ ।’
००७ सालको क्रान्तिदेखि झापा विद्रोह, जनआन्दोलन र जनयुद्धका शहीदहरू नेपालको राष्ट्रिय गौरव भएकाले उनीहरूको उच्च सम्मान गर्नुपर्छ भन्ने प्रधानमन्त्री प्रचण्डको भनाई रहेको छ ।
उनले शान्तिप्रक्रियाका बाँकी कामहरू छिट्टै सम्पन्न गरिने पनि बताएका छन् । सत्य निरूपण तथा मेलमिलापसम्बन्धि विधेयक अन्तिम चरणमा पुगेको बताए ।
उनले भने, ‘जनयुद्धका शहीदहरूको सम्मान, उनीहरूको परिवारका लागि परिपूरण, सन्ततिहरूको शिक्षादीक्षाको काम कानुन बनाएर नै गरिन्छ, त्यसका लागि विधेयक महत्वपूर्ण छ ।’
