
काठमाण्डौ, फागुन १४
राष्ट्रियसभाले प्रतिनिधिसभा सांसद सहनाज रहमानको निधन भएकोमा शोक प्रस्ताव पारित गरेको छ ।
आइतबार बसेको राष्ट्रियसभा बैठकबाट जनता समाजवादी पार्टी नेपालबाट सांसद रहेकी रहमानको निधनप्रति गहिरो दुख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको हो ।
यस बैठकले स्वर्गीय सांसद रहमानप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना समेत व्यक्त गरेको छ ।
०१६ सालमा जन्मिएकी प्रतिनिधिसभा सदस्य सहनाज रहमानको शनिबार हृदयघातका कारण निधन भएको थियो । झापाको भद्रपुरका स्वर्गीय सांसद रहमानलाई जसपा नेपालले समानुपातिक कोटाबाट सांसद बनाएको थियो ।