
जनकपुर, फागुन १४
शनिबारको दिन धनुषामा मात्रै विभिन्न मन्दिरमा चोरी भएको छ ।
धनुषाको जनकपुरधाम उपमहानगरपालिकाको ऐतिहासिक हनुमानगढीमा रहेको हनुमान मन्दिरबाट मुकुट र गरगहना चोरी भयो । सोही दिन हनुमाननगरबाट करिब पाँच सय मिटरको दुरीमा रहेको काशीभुईस्थान स्थित हनुमान मन्दिरमा पनि चोरी गर्न पुगेका चोरहरुले चोरी गर्नेक्रममा ताला मन्दिरको मुलढोकाको ताल्चा फुटाउने क्रममा आवाज आएपछि मन्दिरमा रहेका साधुसन्त बाबाहरुले हो–हल्ला गर्दा चोर भागेका थिए भने उनीहरुले बाबाहरुले लखेटेका थिए ।
शनिबारकै राति धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर १ स्थित रमदैयामा रहेको प्रसिद्ध राजदेवी मन्दिरबाट चाँदीको मूर्ति र गहना चोरी भएको छ ।
मन्दिरबाट राजदेवी माताको मूर्ति बाहेक थाल, गरगहना, मुकुटलगायत चाँदीका सबै समान चोरि भएको छ ।
शनिबार राति मन्दिरको पछाडिबाट पसेका चोरहरूले मूर्तिलगायतका अन्य सामग्रीहरुपनि चोरेर लगेको पुजारी धिरज यादवले जनाएका छन् ।
चोरी गर्न चोरहरूले मन्दिरमा जडित सीसीटीभी क्यामेराको तारसमेत काटेका छन् ।
पूजारी यादवले दिएको जानकारी अनुसार मूर्तिसहितका सबै सामग्रीहरु करिब साढे तीन किलो चाँदीको रहेको छ ।
यता धनुषा प्रहरीले भने घटनासहित चोरहरुको अनुसन्धान थालिएको जनाएको छ ।