जनकपुर, फागुन १४

धनुषाको एक स्थानीय तहमा जनप्रतिनिधिहरुले आफ्नै अध्यक्ष र हाकिम विरुद्ध उनीहरुको कार्यकक्षमै तालाबन्दी गरेका छन् ।

लक्ष्मीनियाँ गाउँपालिकाका अध्यक्ष भोगेन्द्र झा र प्रमुख प्रशासकिय अधिकृत नागेन्द्र यादवको कार्यकक्षमा वडा नम्बर १ का वडाध्यक्ष दिलिप यादव, वडा नम्बर–५ का वडाध्यक्ष दुखरण यादव, वडा नम्बर–६ का वडाध्यक्ष महाविर साह र वडा नम्बर–७ का वडाध्यक्ष गंगा साहले तालाबन्दी गरेका हुन् ।

वडा नम्बर १ का वडाध्यक्ष दिलिप यादवले दिउँसो २ बजेसम्म पनि प्रमुख प्रशासकिय अधिकृत यादव र फाँटका कर्मचारीहरू कार्यालयमा उपस्थित नभएकोले गाउँपालिकाका जनताहरू काम नै नगराई खालि हात घर फर्किन बाध्य हुँदा आफूहरूले तालाबन्दी गरेको बताएका छन् ।

उनले लक्ष्मीनियाँ गाउँपालिकामा करारका कर्मचारी हटाएर खुला प्रतिस्पर्धामार्फत दक्ष जनशक्ति भर्ना गरी नमूना गाउँपालिका बनाउने अभिप्रायले कार्यपालिका बैठकले निर्णय गरेको भएपनि अध्यक्ष भोगेन्द्र मिश्र र प्रमुख प्रशासकिय अधिकृत नागेन्द्र यादव मिलेर करारका कर्मचारी नहटाई खुला प्रतिस्पर्धा नै नगरेर आर्थिक चलखेल गरी आफ्नो नातागोता र खल्तीका मान्छेलाई नियुक्त गरेको आरोपसमेत लगाए ।

No description available.

वडाध्यक्ष यादवले रोजगार सहायक, एमआईएस अपरेटरलगायतका पदका लागि दरखास्त आह्वान गरिएपनि नतिजा प्रकाशन थर्दा गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकिय अधिकृतले आर्थिक चलखेल गरेको आरोप लगाए ।