जनकपुर, फागुन १४

उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रिय सहमतीको वातावरण विथोल्ने काम गरेकाले एमाले बिनाको संघिय र प्रदेश सरकार बन्न सक्ने टिप्पणी गरेका छन् ।

आइतबार जनकपुर विमानस्थलमा पत्रकारसंग कुराकानी गर्दै उपप्रधानमन्त्री श्रेष्ठले राष्ट्रपतिमा राष्ट्रिय सहमती गर्नबाट ईन्कार गरेको एमाले विनाको सरकारको बन्नका लागि संघिय र प्रदेश सरकारमा परिमार्जन गरिने बताए ।

उनले एमालेले प्रतिनिधिसभाको सभामुख पाएकाले राष्ट्रपतिमा कांग्रेसलाई सहमती जनाएको भए राष्ट्रिय सहमतीको सरकार बनेर देशले निकास पाउने तर्क गरे ।

धनुषा–सिरहालाई जोड्ने पुलको रुपमा रहेको सञ्चालन नहुदँै ढलेको कमला पुल सहितको स्थलगत निरिक्षण अवलोकन गर्ने तथा महोत्तरीमा हुने विभिन्न कार्यक्रममा सहभागी हुन आएका उपप्रधानमन्त्री श्रेष्ठ आज बर्दिबासमा बास बस्ने छन् ।

उपप्रधानमन्त्री श्रेष्ठले कमला पुल सहितका अलपत्र आयोजनाहरुको निरिक्षण गरि प्राविधिकहरुको सहयोगमा पुनः निर्माणका लागि प्राविधिक कामहरु गर्नकै लागि आएका बताइएको छ ।