जनकपुर, फागुन १५

बाल अधिकारको धज्जिया उडाउदैँ सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) नेपालले एक विद्यालय बन्द गरेर बैठक गरेको छ । शीर्ष नेतृत्वको उपस्थितीमा भएको बैठकमा रहदाँ पनि बालअधिकारको ख्याल नै गरेनन् ।

बालअधिकारको कुण्ठित गर्दै बसेको बैठकबाट जनता, बालबालिका, प्रदेश र मुलुकको हीतमा हुने आशंका नै रहेको टिप्पणी हुन थालेको छ । मानवअधिकारकर्मीहरुले भने यस खालका घटनालाई बालअधिकार विरोधी, शिक्षा विरोधी र भविष्यलाई अन्धकारमा राख्ने खाले गतिविधिले प्रदेश र देश कहिल्यै नबन्ने टिप्पणी गरेका छन् ।

No description available.

जसपा नेपाल धनुषा निर्वाचन क्षेत्र नम्बर– १ को क्षेत्रीय समन्वय समिति बैठक तथा कार्यकर्ता भेटघाट कार्यक्रम मेरीगोल्ड एकेडेमी इङलिस बोर्डिङ्ग स्कुल बन्द गराएर बैठक सम्पन्न गरेको हो ।

धनुषाको गणेशमान चारनाथ नगरपालिका– ७ स्थित किसानपुरमा रहेको मेरीगोल्ड एकेडेमी इङलिस बोर्डिङ्ग स्कुलका बालबालिका विद्यार्थीहरुको भविष्यमाथि खेलवाड गर्दै बैठक बस्नु दुर्भाग्यपूर्ण रहेको जसपा नेपालका एक नेताले नाम नबताउने सर्तमा जानकारी दिएका छन् ।

जसपा नेपाल धनुषाका क्षेत्रीय अध्यक्ष बिनोद भरखैर यादवको अध्यक्षता तथा प्रमुख अतिथि केन्द्रिय अध्यक्ष उपेन्द्र यादव समेत उपस्थित रहेका थिए ।

No description available.

विद्यालयले मुलुकको भविष्यहीत उत्पादन हुने उर्जावान् थलो रहेपनि बालअधिकार तथा पठनपाठनलाई राजनीतिक लाभका लागि विद्यालय नै बन्द गराएर बैठक बस्नु भनेको बाल भविष्य र मुलुकसँगको खेलवाड रहेको जसपा नेपालका एक कार्यकर्ताले टिप्पणी गरे ।

त्यस्तै विद्यालय बन्द गरेर कुनैपनि राजनीतिक दलले आफ्नो स्वार्थ पूरा गर्नका लागि बैठक बस्नु भनेको बालबालिकाको भविष्य र बालअधिकार प्रति सचेत नभई अशिक्षा र गरिबी तथा बालअधिकार कुण्ठित गर्नु रहेको मानवअधिकारकर्मी विरेन्द्र कर्णले टिप्पणी गरेका छन् । उनले मधेश प्रदेश र मुलुकका लागि पनि दुर्भाग्यपूर्ण रहेको बताए ।

यस बैठकमा जसपा नेपालका राजनीति समिति सदस्य समेत रहेका प्रतिनिधिसभा सदस्य दिपक कार्की, लालकिशोर साहलगायतको समेत उपस्थित रहेको थियो ।

No description available.

No description available.