जनकपुर, फागुन १७
अति विपन्न, असहायलाई विभिन्न माध्यमबाट सहयोग गर्दै आएका गल्फ समाज सेवा संस्थाले जनकपुरधाममा रक्तदान कार्यक्रम गरेको छ ।
बुधबार जनकपुरधाम स्थित तपसी चोकमा ब्लड फर नेपालको समोयजन तथा संस्थाको आयोजना गरिएको बृहत्त रक्तदान कार्यक्रममा ३० जनाले रक्तदान गरेको संस्थाका संयोजक अब्दुल मनान राइनले जानकारी दिएका छन् ।
अति विपन्न, असहाय, समस्या परेका गरिब निमुखालाई वैदेशिक रोजगारीमा रहेका मधेशी समुदायहरुले आफ्नो समाजका लागि समाजिक कार्य विभिन्न माध्यमले सहयोग गर्दै आएको गल्फ समाज सेवा संस्थाका संयोजक राइनले बताए ।
उनले अस्पतालहरुमा अहिले रगतको निकै अभाव रहेकाले रक्तदान कार्यक्रम आयोजना गरि सहयोग गर्ने प्रयास गरेको बताए ।



