जनकपुर, फागुन १७

जसपा धनुषा विघटन गरि कार्यदल समिति गठन गरि एक साता भित्रमा समिति गठन गर्न समयावधि मिलेको छ ।

बुधबार बसेको जसपा नेपाल धुनषाको बैठकबाट पशुपति यादवको अध्यक्षतामा रहेको कमिटी विघठन गरि ११ सदस्यीय कार्यदल समिति गठन गरिएको हो ।

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवसमेतको उपस्थितीमा भएको बैठकबाट प्रतिनिधिसभा सदस्य दिपक कार्की, जसपा मधेश प्रदेशका अध्यक्ष रामबाबु प्रसाद यादव, दिनेश यादव, लालकिशोर साह, सिता यादव, अरुण सिंह मण्डल, चन्देश्वर सादा, ज्ञानेन्द्र यादव, पशुपति यादव, सत्रुधन यादव रहने गरि कार्यदल समिति गठन गरिएको जसपाका स्थानीय यूवा नेता बलिराम कापरले जानकारी दिए ।

यस कार्यदलले एक साता भित्रमा जिल्ला समिति गठन गरिसक्नु पर्ने उनले बताए ।