जनकपुर, फागुन २१

गत मंसिर ४ मा भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा जनता समाजवादी पार्टी नेपाल भित्रैबाट भएको अन्तर्घता अहिलेसम्म पनि सेलाएको छैन ।

सत्तारुढ जसपा नेपालका अध्यक्ष उपेन्द्र यादले अन्तर्घात छानबिनको प्रतिवेदन सार्वजनिक हुने बताएका छन् ।

शनिबार छानबिन समितिको प्रतिवेदन बुझ्दै अध्यक्ष यादवले प्रतिवेदन आगामी बैठकमा प्रस्तुत हुने र सार्वजनिक गरिने बताएको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जनाएका छन् ।

उनले यो प्रतिवेदनले भविष्यमा अनुशासित र मर्यादित पार्टी पंक्ति तयार गर्दै आउने पिँढीलाई मार्गनिर्देशसमेत गर्ने भनाइ छ ।

गत मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा भएको अन्तर्घात छानबिन गर्न शिवलाल थापाको संयोजकत्वमा समिति गठन गरेको थियो ।

अन्तरघात गरेको भन्दै केन्द्रदेखि स्थानीय तहसम्मका ८० जना नेता, कार्यकर्तालाई कारबाहीको लागि प्रतिवेदनमार्फत् सिफारिस गरिएको जसपा प्रचार विभाग प्रमुख बस्नेतले बताएका छन् ।