जनकपुर, फागुन २१
धनुषामा डाँकाको आरोपमा पाँचजना हातहतियार तथा लुटपाटका सामग्रीसहित प्रहरीले पक्राउ गरेका छन् ।
पक्राउ पर्नेहरूमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ५ स्थ्ति महेन्द्रनगर बस्ने ३७ वर्षका रजाक मोहमद, विदेह नगरपालिका नम्बर ४ स्थित सुन्दरपुर बस्ने २९ वर्षका मोहमद हबगुल्ला साह, २२ बर्षका नर्सुदिन साह, ३० बर्षको सरिफ मुसलमान, कमला नगरपालिका वडा नम्बर ७ स्थित हथमुन्डा बस्ने २२ वर्षका रमेश कुमार महतो रहेका छन् ।
धनुषाको रमदैया स्थित राजदेवी मन्दिरमा फागुन १४ गते राति ताला तोडेर राजदेवीको चाँदीको मुर्ती, मुकुट अर्धवृत्त आकारको वस्तु (पाता), गिलास र सुनको मंटिका, नथिया, सिक्रि, कानको झुम्का लगायतको सुनचाँदीको सरसामग्रीहरू चोरी भएको थियो । सोही सोधखोज र अनुसन्धानमा उनीहरुलाई चोरीको सामान र डाका गर्ने हातहतियार समेत बरामद गरेको धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्काले जनाएका छन् ।
मुर्ती सहित चाँदीको पिढी २ किलोग्राम, चाँदीको मुकुट २५ तोला, चाँदीको झाप १ किलो, चाँदीको थाली ५०० ग्राम, चाँदीको लोटा १५ तोला, चाँदीको घण्टि १२ तोला, सुनको मनटिका.६ अना, सुनको नथिया १० अना, सुनको सिक्रि ४ अना, सुनको नाकको टप १ अना, सुनको कानको बाली ६ अना र दानपेटिकामा रहेको करिब ३ महिनासम्ममा रहेको रकम, १३ थान मोवाईल, चाँदीको मुर्तीको टुक्रम र मुकुटको टुक्राहरु ग्रि २ किलोसमे डाँकाहरुले लुटेका थिए ।
त्यस्तै उक्त घटनामा प्रयोग गरेका कटुवा पेस्तोल १ थान र सो पेस्तोलमा लाग्ने १ थान गोलीसमेत बरामद गरिएको धनुषा प्रहरीले जनाइएको छ ।
घटनामा संलग्न भएका व्यक्ति तथा घटनाका लागि प्रयोग गरिएका सामग्रीहरु आरोपित मोहमद सरिफको घरबाट बरामद भएको धनुषा प्रहरी उपरीक्षक खड्काले जनाएको छ ।




