
काठमाण्डौ, फागुन २१
लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता तथा कार्यकर्ताहरुले काठमामण्डौमा होली पर्व मनाएका छन् ।
आइतवार लोसपा नेपाल केन्द्रिय कार्यालयको आयोजनामा नेता तथा कार्यकर्ताहरु एकआपसमा रंग दलेर होली पर्व मनाएका हुन् ।
पात्रो अनुसार पहाडमा सोमवार (भोलि) र तराईमा मंगलवार तथा मिथिला क्षेत्रमा बुधबार होली पर्व मनाइने भए पनि होली पर्वको पूर्वसन्ध्यामा आज नै नेताहरुले होली पर्व मनाएका हुन् ।
लोसपा केन्द्रिय कार्यालय बबरमहलमा ‘होली मिलन समारोह’को आयोजना गर्दै कार्यक्रममा लोसपा अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो लगायतका नेताहरुसहितकाहरुको सहभागिता रहेको थियो ।
यस कार्यक्रममा अध्यक्ष ठाकुर, नेता महतोले उपस्थित सदस्यहरुलाई होली पर्वको शुभकामना समेत दिएका छन् ।
नेता तथा कार्यकर्ताहरुले एक–आपसमा रंगहरु दलेर उत्सव मनाए भने बाजागाजासहित होलीको लोकगीत पनि गाइएको थियो ।