
जनकपुर, फागुन २२
मिथिला माध्यमिकी परिक्रमा आइतबार भारतको विशौल विश्राम गरी सोमबार विहान जनकपुरधाममा आइपुगेको छ । आज विश्राम गरि मंगलबार विहानै देखि जनकपुरधामको अन्तःगृहको परिक्रमा गरि मिथिला माध्यमिकी परिक्रामा सम्पन्न पश्चात होली पर्व मनाइन्छ ।
सोमबार बिहानै मिथिला माध्यमिकी परिक्रमाका श्रद्धालु भक्तजनहरु १५ औं विश्रामस्थल जनकपुरधाममा आइपुगेका छन् । भोली (मंगलबार) जनकपुरधामको अन्तःगृह परिक्रमा गरेपछि परिक्रमा पदयात्रा सम्पनन हुने छ । मिथिला माध्यमिकी परिक्रमामा पैदल यात्रीहरु हनुमानगढी, तिरहुतिया गाछी, बाह्रविघा मैदान र विभिन्न मठमन्दिरहरुमा बास बस्ने गर्दछन् । सोमबार विहान अन्तरगृह गरेपछि परिक्रमा यात्रा पूरा हुनेछन् भने त्यसपछि यात्री तथा श्रद्धालुहरु आ–आफ्नो घर जानेछन् ।
यही फागुन ८ गते जनकपुरधामको हनुमानगढीस्थित जम्मा भएर परिक्रमा पैदल यात्राको आरम्भ भएको थियो । हनुमानगढीबाट सुरु भएको पद यात्रा परिक्रमा भारतको कल्याणेश्वर, गिरिजास्थान, मटिहानी, जलेश्वर, मडइ, ध्रुवकुण्ड, कञ्चनवन, पर्वता, धनुषाधाम, सत्तोषर, औरही, करुणा, विशौल हुँदै जनकपुरधाम आइपुगेका छन् ।
माध्यमिकी परिक्रमा भाग लिन नसकेको श्रद्धालुहरु अन्तःगृह परिक्रमामा सहभागी भएमा मोक्षको भागी बन्ने धार्मिक विश्वास रहेको छ । नेपाल भारत दुबै मुलुकको धार्मिक सांस्कृतिक एवम् पारम्परिक सद्भावको प्रतिक बनेको परिक्रमा यात्राको नेपालमा १३ तथा भारतमा दुई गरी १५ विश्रामस्थल रहेका छन् ।
परिक्रमावासीले नेपाल र भारत गरी १ सय ३५ किलोमिटर पैदलयात्रा गर्नुपर्ने हुन्छ ।
परिक्रमाको अन्तिम दिन जनकपुरधाममा अन्तःगृहको परिक्रमा करिब ८ किलोमिटरसम्मको नगर वरिपरि परिक्रमा गरिन्छ । भने त्यसपछि जनकपुरधाम क्षेत्रमा होली पर्व मनाइने परम्परा रहेको छ ।