जनकपुर, फागुन २३

मिथिलाञ्चलको महाकुम्भ मानिने मिथिला माध्यमिकी परिक्रमा यात्रीहरुले आज जनकपुरधामको अन्तःगृह परिक्रमा राती १२ बजेदेखि आज दिन भर चल्नेछ । लामो दूरीको १५ दिने धार्मिक पद यात्रा मिथिला माध्यमिकी परिक्रमाका सहभागीहरु सोमबार जनकपुरधाम आइपुगेका थिए ।

No description available.

सोमबार मध्यराती देखि नै परिक्रमामा सहभागी श्रद्धालु भक्तजनहरु आज बेलुकासम्म जनकपुरधामको अन्तःगृहको पाँच कोशी परिक्रमा गरेर समापनसँगै होली मनाईन्छ । जनकपुरधाम अन्तःगृह परिक्रमाको क्रममा विभिन्न स्थानमा सम्मतमा आगो लगाएर खरानी बनाएर सहभागी यात्रीहरुले निधारमा टिकाटालो गरि पाँचकोशी परिक्रमा गर्ने चलन छ ।

No description available.

 

धनुषाको मिथिला बिहारी नगरपालिका स्थित कचुरीबाट मिथिला बिहारीको डोला र जनकपुरधामबाट किशोरीजीको डोलासहित हनुमानगढीमा पुगेर विधिवतरुपमा सुरु भएको मिथिला माध्यमिकी परिक्रमा नेपाल–भारतका सिमावर्ती क्षेत्र अवस्थित विभिन्न स्थानको परिक्रमा गर्दै परिक्रमा यात्रीहरुले आज जनकपुरधामको अन्तःगृह परिक्रमासँगै मिथिलाञ्चलको सबैभन्दा ठूलो धार्मिक पदयात्रा सम्पन्न हुनेछ ।

No description available.

मिथिलाञ्चलमा अन्तःगृह परिक्रमा सम्पन्न भएको अर्को दिन अर्थात बुधबार होली खेल्ने गरिन्छ । होली पर्वको अवसरमा मधेश प्रदेश सरकारले पनि बुधबार नै सार्वजनिक विदा दिएको छ ।

No description available.

मिथिला मध्यमा परिक्रमामा नेपालको १०७ किलोमिटर र भारतको २६ किलोमिटर गरी कुल १३३ किलोमिटर दूरी तय गरिएको छ ।
यता होली पर्वको अवसरमा मिथिला नाट्य कला परिषद्ले जनकपुरधाममा दुई दिवसीयको आज अन्तिम दिन महामुर्ख सम्मेलनलगायत विभिन्न लोक सांस्कृतिक कार्यक्रम गर्दैछन् ।

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.