जनकपुर, फागुन २७

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नीप्रसाद सापकोटाले संक्रमणकाल लम्बिनुका कारण सरकार र राजनीतिक दल रहेको आरोप लगाएका छन् ।

शनिबार जनकपुरधाम विमानस्थलमा प्रेस सेन्टर नेपाल मधेश प्रदेशले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै निवर्तमान सभामुख समेत रहेका उपाध्यक्ष सापकोटाले यस्तो बताएका हुन् ।

उनले राजनीतिक दलहरुको दाउपेचका कारण संसदमा संक्रमणकालिन न्यायिक अवस्था टुंग्याउनका लागि पास हुनुपर्ने विल विधेयकहरु थन्क्याइएको बताए् । तर अब भने सत्य निरुपण तथा मेलमिलपा आयोग मार्फत नै समाधान खोज्नुपर्ने उनले भने ।

०६३ मा तत्कालिन नेकपा माओवादी र नेपाल सरकार वीच भएको विस्तृत शान्ति सम्झौताको मर्म र भावना अनुसार संक्रमणकालिन अवस्था शान्ति प्रक्रियालाई टुंग्याउनुपर्ने उनले बताए ।No description available.

प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालमाथि सर्वोच्च अदालतमा मुद्दा दर्ता गरेर ०६३ को अन्तरिम संविधान र वर्तमान संविधानको धारा ३०४ मा शान्ति प्रक्रियाको मर्म भावना अनुसार संक्रमणकालिन न्याय प्रक्रिया विपरित जाँदा शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउनमा गम्भिर असर पर्ने उनको भनाई छ ।

उनले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था ल्याउनका लागि नेपाल आमाका छोराछोरीले दिएको बलिदानीबाट परिवर्तन आएको हुनाले परिवर्तन विरोधी गतिविधिलाई जनताले प्रतिवाद र प्रतिरोध गर्ने समेत बताए ।

उनले परिवर्तन विरोधी गतिविधिले जनतामा समेत प्रश्न उठेको बताए ।

त्यस्तै अर्को प्रसंगमा उपाध्यक्ष सापकोटाले भने, ‘राष्ट्रपति निर्वाचनमा जसरी गठबन्धन एक ढिक्का भए, त्यसरी नै उपराष्ट्रपति निर्वाचनमा पनि गहन छलफल गरेर एकढिक्का हुनेछन् ।’

No description available.

उनले अघि थप्दैँ भने, ‘जसपा नेपालले उपराष्ट्रपतिमा पुरुष उम्मेदवार अर्को समुदायबाट बनाउने निर्णय गरेको छ, त्यसरी नै महिला हुनुपर्ने आवाजपनि बलियो गरि आएको छ, यी सबै कुराहरु गठबन्धन भित्र छलफल भईरहेकाले जे हुन्छ, त्यो गठबन्धन एक ढिक्का भएर निर्णय गरेर अघि बढ्छ नै ।’
उनी जनकपुर विमानस्थल हुदैँ सर्लाहीको लालबन्दीमा हुन लागेको एकीकृत अखिल नेपाल शिक्षक संगठन मधेश प्रदेशको अधिवेशनमा सहभागी हुने कार्यक्रम रहेको जनाइएको छ ।