विराटनगर, फागुन २८

पहिचानवादीहरूले प्रदेश नम्बर १ को नामकरण कोशी प्रदेश गरेको भन्दै आज हड्ताल गरेका छन् । हड्तालका कारण लामो तथा छोटो दुरीको सवारीसाधन बन्द रहेको छ । बन्दका कारण फुटफाटरुपमा मात्रै सवारीसाधन सञ्चालन हुदाँ कोशी प्रदेश प्रभावित देखिएको छ ।

प्रदेश नामाकरणको विषयलाई लिएर संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसहित विभिन्न पहिचानवादी दललगायतकाहरुले कोशी प्रदेशमा हड्ताल गरेका हुन् ।

आन्दोलनकारीहरुले पूर्वपश्चिम राजमार्गमा सवारीसाधन सञ्चालनमा रोक लगाएका छन् ।

विभिन्न चोकमा जम्मा भएर बन्द गराएपछि राजमार्गमा छिटफुटमात्रै सवारीसाधन देखिएका छन् । सार्वजनिक सवारीसाधन सञ्चालन हुन सकेका छैनन् ।

प्रदेश सभाबाट यही फागुन १७ गते बहुमतले प्रदेशको नाम कोशी पारित गरेको थियो ।

पहिचानवादीहरूले पहिचानलाई ख्याल नगरेको भन्दै आन्दोलित दलहरूले प्रदेशको नामाकरण कोशी गरेको भन्दै विरोधमा उत्रेका छन् । भने उनीहरु ठाउँठाउँमा नाराजुलुस समेत गरिरहेका छन् ।