जनकपुर, फागुन २८

नेकपा माओवादी केन्द्रबाट समानुपातिक प्रतिनिधिसभा सदस्य रहिसकेकी नेतृ दिकुमारी साह नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गरेकी छन् ।

नेकपा माओवादी केन्द्र मधेश प्रदेशका संसदीय दलका नेता भरतप्रसाद साहकी श्रीमती दिलकुमारीले सामाजिक सञ्जालमा पूर्वप्रधानमन्त्री ओलीसँग भेटघाट गरेको तस्विर सार्वजनिक गरेपछि अहिले उनले पोस्ट्याएको निकै भाईरल बनेको छ ।

माओवादी भित्र अवसरवादी व्यक्तिका रुपमा देखिएको मधेश प्रदेशका पूर्वमन्त्री भरतप्रसाद साहले माओवादीबाट आफु र आफ्ना श्रीमतीलाई सांसद बनाउन सफल भएका थिए । तर यसपटक पूर्वमन्त्री भरत साह मन्त्री बन्न नपाउदाँ श्रीमती दिलकुमारीलाई ओलीसँग भेटघाट गराएको कुरा निकै माओवादीवृत्तमा चर्चा छ ।May be an image of 2 people, people standing and indoor

No photo description available.

पूर्व सांसद दिलकुमारीले ओलीसँग भेटघाट गरेको स्वीकारेका छन् । उनले व्यक्तिगत भेटघाट गरेको जनाईन् ।

एमाले स्रोतका अनुसार उनी एमाले प्रवेशका लागि ओलीसँग कुराकानी गर्नका लागि पदीय बार्गेनिंग गरेको जनाइएको छ ।

उनले आम जनता पार्टीका अध्यक्ष प्रभु साहविरुद्ध लड्न केपी ओली, माधवकुमार नेपाललाई समेत भेटघाट गरेको बताइन् ।