
काठमाण्डौ, फागुन ३०
संघीय सरकारका खानेपानी मन्त्री अब्दुल खान अमेरिकाको न्युयोर्क जाने भएको छ ।
अमेरिकको न्युयोर्कमा आयोजना हुने विश्व पानी सम्मेलनमा (वर्ल्ड वाटर कन्फ्रेन्स) मा सहभागी हुन जाने भएको हो ।
मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकबाट न्यूयोर्कमा आगामी चैत ८ देखि १० गतेसम्म सञ्चालन हुने सम्मेलनमा सहभागी हुन स्वीकृति दिएको खानेपानी मन्त्री खानले जनाएका छन् ।
मन्त्रिपरिषद्को बैठकले रक्षा मन्त्रालय र वन मन्त्रालयल सम्बन्धी पनि विभिन्न निर्णय गरेको उनले बताए ।