काठमाण्डौ, फागुन ३०

लघुवित्त संस्था र मिटर ब्याजीहरुबाट पीडित भएकाहरुले आज काठमाण्डौको माइतीघरमा प्रदर्शन गरेका छन् ।

मुलुककाो विभिन्न जिल्लाबाट काठमाण्डौै आएका पीडितहरुले सामूहिक रुपमा प्रदर्शन गरेका हुन् ।

५० जिल्लाका पीडितहरु यस प्रदर्शनमा सहभागी भएको जनाइएको छ ।

उनीहरूले लघुवित्त र मिटर ब्याजीका कारण आफूहरु समस्यामा परेको भन्दै ऋण मिनाह गर्नुपर्ने, किसानहरुलाई विना धितो ऋण दिनुपर्नेलगायतकाा माग राख्दै प्रदर्शन गरेका छन् ।