
जनकपुर, फागुन ३०
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहत रहेको प्रादेशिक अस्पताल जनकपुरधामका निर्देशक डा. प्रमोद कुमार यादवलाई मुख्यमन्त्री सरोजकुमार यादवले पदमुक्त गर्न निर्देशन दिएका छन् ।
मुख्यमन्त्री यादवले प्रतिष्ठानका सहकुलपति रहेकी सामाजिक विकासमन्त्री सुरिताकुमारी साहलाई डा. यादवलाई अस्पतालको निर्देशकबाट तत्काल हटाउन मौखिक निर्देशन दिएका हुन् ।
मुख्यमन्त्री यादवले अस्पतालमाम छड्के अनुगमन गर्दा निर्देशकसहित अधिकांश चिकित्सक अनुपस्थित पाइएपछि यस्तो निर्देशन दिएका थिए ।
मुख्यमन्त्री यादवले प्रादेशिक अस्पताल जनकपुरधामको ल्यावका प्रमुख परमेश्वर यादवलाई पनि गलत रिपोर्ट बनाउने कर्मचारीमाथि कारबाही गर्न निर्देशन दिएको उनले सामाजिक विकासमन्त्री साहले बताइन् ।
प्रादेशिक अस्पताल जनकपुरधामको ल्यावबाट एउटै व्यक्तिको ब्लड ग्रुपको फरक फरक रिपोर्ट दिइएको विषय सार्वजनिक भएपछि मुख्यमन्त्री यादवले अस्पतालको छड्के गरेका थिए ।
मुख्यमन्त्री यादवले उपराष्ट्रपति निर्वाचनका कारण आचारसंहिता लागू भइसकेको अवस्थामा निर्वाचनपछि डा. यादवलाई पदमुक्त गर्न मन्त्री साहलाई निर्देशन दिएपछि सो निर्देशन पालना हुने शंका उत्पन्न भएको अस्पतालकै कर्मचारीहरुको बताउँछन् ।