काठमाण्डौ, चैत १
संगठनात्मक प्रक्रिया, विधान र अनुशासन विपरितको कार्य गरेको भन्दै प्रेस सेन्टर नेपाल सर्लाही शाखा विघटन गरिएको छ ।
प्रेस सेन्टर नेपाल सर्लाहीका अध्यक्ष शंखर पहाडीले संगठनात्मक प्रक्रिया, विधान र अनुशासन विपरितको कार्य गर्न थालेपछि विघटन गरिएको प्रेस सेन्टर नेपाल मधेश प्रदेश समितिले जनाएको हो ।
प्रेस सेन्टर नेपाल मधेश प्रदेशका अध्यक्ष किरण कर्ण र प्रदेश महासचिव गोपालप्रसाद गुप्ताले संयूक्तरुपमा हस्ताक्षर गरेको विज्ञप्ति जारी गर्दै विघटन गरिएको जनाइएको छ ।
प्रेस सेन्टर नेपाल सर्लाही शाखा विघटन गरेसँगै दुई साता भित्रमा जिल्ला भेला गरि जिल्ला समन्वय समिति गठन गर्नका लागि प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य जनार्दन पोखरेललाई दिएको छ ।