
जनकपुर, चैत ४
गर्मीको सुरुवातीसँँगै एक स्थानीय तहले सिरक वितरणको विषयलाई लिएर अहिले निकै आलोचना भईरहेको छ ।
धनुषाको जिल्लाको नगराईन नगरपालिकाले जाडो छल्ने नाममा गर्मीको सरगर्मी चढिरहदाँ गर्मीमा ठंडीयाममा वितरण गरिनुपर्ने फाइबर सिरक स्थानीयवासीलाई बाँड्न थालेपछि आलोचना भएको हो ।
नगराइन नगरपालिका वडा नम्बर–७ का वडाध्यक्ष सूर्यनारायण साहले यस वडाका जेष्ठ नागरिक, दलित विपन्न तथा अपाङ्गलाई जाडोबाट जोगिनका लागि सिरक वितरण गरेको जनाएका छन् ।
७ नम्बर वडा कार्यालयले शुक्रबार नगरप्रमुख विनयकुमार यादव र प्रमुख प्रशासकीय अधिकृत रामगुलाम कर्णको उपस्थितीमा २ सयभन्दा बढि जेष्ठ नागरिक, दलित विपन्न तथा अपाङ्गलाई फाइबार सिरक वितरण गरेको हो ।
वडाध्यक्ष साहले वडाको ७ लाख रुपैयाँ बजेटबाट ३०१ जेष्ठ नागरिक, दलित एवं अपाङ्गलाई फाइबार सिरक वितरण गर्ने योजना रहेको जानकारी दिए । उनले २ हजार २ सय रुपैयाँको दरले एउटा सिरका खरिद गरिएको जानकारी दिए ।
उनले नगरपालिकामा लामो विवादपश्चात् गत माघ १८ गते नगरसभा हुँदा ढिलो भएको बताउँदै सिरक वितरण गर्न ढिलो भएको स्वीकार गरे । गर्मी सुरु भएपछि सिरक वितरण गरिएपनि आगामी जाडोमा काम लाग्ने वडाध्यक्ष साह बताउँछन् ।
यसअिघ जाडो र शितलहरमा गरीब विपन्नहरु प्रभावित भएको बेला न्यानो सिरक नदिएका वडाध्यक्ष साहले गर्मीमा सिरक बाँड्दा स्थानीयले सिरक लिएरपनि वडाध्यक्षको कामलाई लिएर आलोचना गरेका छन् ।