काठमाण्डौ, चैत ५

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले सत्य निरुपण र मेलमिलाप आयोग सम्बन्धी विधेयक फास्ट ट्रयाकबाटै पारित हुने बताएका छन् ।

संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरुसंग कुराकानी गर्दै पूर्व उपप्रधान तथा गृहमन्त्री समेत रहेका निधिले दुई वटै विधेयक पारित नहुँदा अझै पनि शान्ति प्रक्रियाको काम बाँकी रहेकाले यो विधेयक पारित गरेर अघि बढ्नु पर्ने बताए ।

सत्य निरुपण र मेलमिलाप आयोग सम्बन्धी विधेयक फास्ट ट्रयाकबाट अघि बढाउँदा नेकपा एमालेले समेत मिलेर अघि बढ्नुपर्ने तर्क अघि उनले सारे ।