जनकपुर, चैत ५

जनकपुरधामस्थित रामस्वरुप रामसागर बहुमुखी (राराब) क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनमा फर्जी कार्ड बोकेर मतदान गर्न खोजेका ९ जनालाई प्रहरीले पक्राउ गरेका छन् ।

निर्वाचनमा खटेको धनुषा प्रहरीको टोलीले फर्जी मतदाता रहेका ९ जना विद्यार्थीलाई पक्राउ गरेको हो ।
उनीहरुलाई अहिले जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको छ । पक्राउ परेकाहरु नेपाल विद्यार्थी संघका विद्यार्थी रहेको जनाइएपनि यस बारे धनुषा प्रहरीले केही बोलेका छैनन् ।

पक्राउ परेकाहरुमाथि कडा कारबाही गर्न विद्यार्थी संगठनहरुले माग गरेका छन् ।

जसपा, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राप्रपा निकट विद्यार्थी संगठन यस क्याम्पसको स्ववियु निर्वाचनमा गठबन्धन गरेका छन् ।

विहान ८ बजे सुरु भएको निर्वाचन दिउँसो ४ बजेसम्म चलेको थियो । यस क्याम्पसमा रहेका करिब ८ हजार विद्यार्थी मध्ये २६६२ जना मात्रै निर्वाचन मतादानमा सहभागी भएको छ ।