जनकपुर, चैत ६

त्रिभुवन विश्वविद्यालयको आंगिक रामस्वरूप रामसागर बहुमुखी (राराब) क्याम्पसको स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचनमा नेपाली काँग्रेस निकट नेपाल विद्यालय संघले आफ्नो वर्चस्व जमाउन सफल भएको छ ।

स्ववियू निर्वाचनमा संघबाट सभापतिमा उम्मेदवारी दिएका मनिषकुमार यादव निर्वाचित भएका छन् ।

उनले १ हजार १४८ मत ल्याई विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक विद्यार्थी संघका उम्मेदवार प्रशान्त झाले ७१५ मत प्राप्त गरेका छन् ।

त्यस्तै सचिवमा लोकतान्त्रिक विद्यार्थी संघका करण साहले ९२६ मत ल्याई निर्वाचित भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेविसंघका रञ्जितकुमार मण्डलले ८०९ मत प्राप्त गरेका छन् ।

त्यस्तै कोषाध्यक्षमा नेविसंघका राकेश कुमार सिंह ९९८ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी लोविसंघका अजय कुमार पण्डितले ८२६ मत मात्र प्राप्त गरेका छन् ।

त्यस्तै सदस्यहरूमा नेविसंघका रोशनी कर्ण (१००८), सोनु झा (१००४), मुन्ना कुमार प्रधान (९९९), जितेन्द्र यादव (९८९), विकास कुमार साह (९८१), नविन कुसियैत यादव (९७८), दीपेन्द्र महतो (९७६) र अभिशेक शर्माले (९७०) मत ल्याएर निर्वाचित भएका छन् ।

राराब क्याम्पसमा ७ हजार २१५ विद्यार्थी मतदाता रहेपनि २ हजार ६६२ जनाले मतदान गरेका थिए ।

राराब क्याम्पसमा २१ सदस्यीय स्ववियु कार्यसमितिका लागि सभापतिमा ६ जनासहित कुल ८८ जनाले उम्मेदवारी दिएका थिए ।

स्ववियु कार्यसमितिमा प्रत्यक्षबाट ११ जना र समानुपातिकबाट १० जना निर्वाचित हुने व्यवस्था रहेको छ ।