
जनकपुर, चैत ८
विश्व मुद्रा सप्ताहको अवसरमा नबिल बैंकको धनौजी शाखाले विभिन्न कार्यक्रम गरी वित्तिय साक्षरता कार्यक्रमको आयोजना गरिरहेको छ । पैसाको महत्व र पैसा बचतको बानी बसाउने उद्देश्यले नबिल बैंकको सो शाखाले वित्तिय साक्षरता कार्यक्रमको आयोजना गरिरहेको छ ।
‘आफ्नो पैसाको योजना बनाउनुहोस्, आफ्नो भविष्य रोप्नुहोस’ मूल नाराका साथ युवा तथा बालबालिकाहरुको प्रतिभा उजागर गर्नुका साथै पैसा बचतका उपायहरुको विषयमा समेत सचेतना जगाइएको छ । यसका साथै वित्तिय निर्णय लिन सक्ने क्षमता विकासको विषयमा समेत प्रशिक्षण दिइएको छ ।
नबिल बैंकको सो शाखाले रामजानकी इंगलिश स्कुल धनौजीमा कला प्रतियोगिता र राष्ट्रिय मावि लखौरीमा पैसाको महत्व, पैसा वचतको विधि, वित्तिय साक्षरता कार्यक्रमको आयोजना गरिएको थियो ।