
जनकपुर, चैत १०
मधेस प्रदेश सरकारको आर्थिक सल्लाहकारमा अर्थविद् डा. भोगेन्द्र झालाई नियुक्त गरिएको छ ।
मधेस प्रदेश सरकारको बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकबाट अर्थविद् डा. झालाई प्रदेश सरकारको आर्थिक सल्लाहकारमा नियुक्त गरिएको हो ।
मुख्यमन्त्री सरोजकुमार यादवले अर्थशास्त्री डा. झालाई आर्थिक सल्लाहकारमा नियुक्त गरिएको पत्र आज पठाएका छन् ।
प्रदेशको समग्र विकासका लागि योजना तर्जुमालगायत आर्थिक सरोकारमा सुझाव लिन निजी क्षेत्रका अनुभवी र प्रवुद्ध व्यक्तिलाई सल्लाहकार नियुक्त गरिएको प्रदेश सरकारले जनाएको छ ।
डा. झा यसअघि मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको सरकारम प्रदेश नीति आयोगका उपाध्यक्ष थिए ।