जनकपुर, चैत १४

जनकपुरधाममा यही चैत २३ गतेदेखि ‘अन्तर्राष्ट्रिय विकास र शान्तिका लागि खेलकुद’ मुल नाराकासाथ ‘जनकपुरधाम मेयर कप–२०७९’ क्रिकेट प्रतियोगिताको आयोजना हुने भएको छ ।

यस प्रतियोगितामा मधेस प्रदेशका आठवटै जिल्लाबाट एक\एक गरि ८ र कोशी, बागमती, गण्डकी तथा लुम्बिनीबाट एक÷एक गरि कुल १२ वटा टिमहरूको सहभागिता रहने जनाइएको छ ।

प्रतियोगिता जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१४ रजौलस्थित प्रस्तावित श्रीरामजानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रंगशालामा आयोजना हुने भएको छ ।

पत्रकार सम्मेलनमा जनकपुरधामका नगरप्रमुख मनोजकुमार साहले यस ‘जनकपुरधाम मेयर कप–२०७९’लाई आफूहरूले जनकपुरधाममा अन्तर्राष्ट्रिय खेल मैदान (रंगशाला) निर्माणको एक भ¥याङको रुपमा लिएको बताए ।

आयोजना हुन लागेको प्रतियोगितामा धनुषा र महोतरीका मेयर तथा सांसद विरुद्व पत्रकारहरुको मैत्रीपुर्ण खेलको समेत आयोजना हुने भएको छ ।

धनुषा जिल्ला क्रिकेट संघको समन्वय र फ्याक्ट नेपालको सहकार्यमा आयोजना हुन लागेको यस प्रतियोगितामा कुल ३७ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको नगरप्रमुख साहले जानकारी दिए ।

लिग चरणमा खेलाइने कुल १० वटा खेलहरू दैनिक एउटा\एउटा गरि १० दिनसम्म आयोजना हुनेछन् । चैत २३ गते विश्व खेल दिवस परेकाले सोहि अवसरमा प्रतियोगिताको समुद्घाटन गरिने बताइएको छ ।

जिल्ला क्रिकेट संघ धनुषाका अध्यक्ष शोभाकन्त पाण्डे(गुड्डु)ले प्रतियोगितामा सहभागि हुन कुनै शुल्क नलाग्ने जानकारी दिए । उनले विजेता टिमलाई २ लाख ५१ हजार र उपविजेतालाई १ लाख ५१ हजार पुरस्कारसहित ट्रफीसमेत प्रदान गरिने बताए ।

म्यान अफ दि सिरिजले २५ हजार, उत्कृष्ट बलर र ब्याट्सम्यानले १०÷१० हजार र म्यान अफ दि म्याचले ३ हजार नगद पुरस्कार पाउने छन् ।

सो क्रममा जनकपुरधामका विभिन्न वडाका वडाध्यक्ष, धनुषा जिल्ला क्रिकेट संघका अध्यक्ष शोभाकन्त पाण्डे(गुड्डु), क्रिकेट प्रशिक्षक नविन सिंह, खेलप्रेमीहरू आशिष झा, सरोज मिश्र सहितकाहरूको उपस्थिती रहेको थियो ।